नेपाली भन्छन चुनाव जित्छौ,जिम्मेवारी दिएको भोलीबाटै जनताको सेवा गर्छौ

नेपाली भन्छन चुनाव जित्छौ,जिम्मेवारी दिएको भोलीबाटै जनताको सेवा गर्छौ
२०७९ बैशाख २३ गते शुक्रबार ०८:००

नेकपा एमाले र राष्ट्रिय जनमोर्चा विद्रोही समुहको संयुक्त गठबन्धनबाट ढोरपाटन नगरपालिकाको स्थानीय तह निर्वाचनमा चुनावी सभा चलिरहेको छ । नगरपालिकाको वडा नं. ६ गादिखोलामा सम्पन्न सभालाई सम्बोधन गर्दै नगरको मेयर पदका प्रत्यासी उमेद्वार...

नेकपा एमाले र राष्ट्रिय जनमोर्चा विद्रोही समुहको संयुक्त गठबन्धनबाट ढोरपाटन नगरपालिकाको स्थानीय तह निर्वाचनमा चुनावी सभा चलिरहेको छ । नगरपालिकाको वडा नं. ६ गादिखोलामा सम्पन्न सभालाई सम्बोधन गर्दै नगरको मेयर पदका प्रत्यासी उमेद्वार देवकुमार नेपालीले आफ्नो टिम विजयी भएको भोलीबाटै जनताको सेवामा क्रियाशील हुने बताए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

जनतालाई नगरले विकास निर्माणदेखि स्थानीय स्तरमा अत्यावश्यक सबै समस्याको समाधान गर्दै जाने थप प्रतिवद्धता जनाउँदै, झुठ्ठा कुरा र उधारा आस्वासनबाट जनता सजग रहन समेत आग्रह गरे । नगरपालिकामा जनताको जनलर नेकपा एमालेमा बढ्दै गएको विगतको काम र कार्यक्रमले हो भन्दै अव एमालेलाई जित्न सकिदैन भनेर पाँच पाँच वटा पार्टि एकठाउँमा जोडिएर हामीसँग प्रतिस्पर्धा गर्न आएको नेपालीले बताए । हामी जनताको साथमा रहिरहनविश्वास समेत उनले व्यक्त गरे।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

गाउँ गाउँमा बाटो बनायौं । पुल पुलेसा बनायौं । खरका छाना विस्थापन गरि जस्ताले घर छाइदियौं । स्कुलहरुमा शिक्षकको व्यवस्था गरिदियौं । सबै पायक पर्ने स्थानमा स्वास्थ्य संस्था स्थापना गरि स्वास्थ्यकर्मीको व्यवस्थापन गरेका छौ्रं भन्दै नेपालीले पहिलो कार्यकाल जग हाल्यौं । अव यो जगबाट माथि उठाएर नगरको समग्र विकास उचो बनाउने उनको प्रतिवद्धता थियो ।

 

 

 

 

 

 

कार्यक्रममा नगरपालिकामा राष्ट्रिय जनमोर्चाका तर्फबाट विद्रोह गरि एमालेसँग तालमेलबाट उपमेयरका प्रत्यासी उमेद्वार ताराकुमारी पुनले, संविधानले स्थानीय तहमा प्रमुख वा उपप्रमुल मध्ये एक जना महिला हुनुपर्ने व्यवस्थाको बर्खिलापमा गठबन्धन रहेको बताईन । महिला अधिकारका कुरा गर्ने, संविधानमा व्यवस्था भएको अधिकार समेत कुल्चेर मेयर र उपमेयरमा पुरुष उमेद्वार बनाउने गठबन्धन समुहले महिलाको अधिकार हनन् गरेको आरोप लगाइन ।


उपप्रमुखको क्षेत्राधिकार न्यायिक समितिको नेतृत्व गर्ने, नगरमा न्याय, समानता र शान्ति सुव्यवस्था कायम गर्ने अधिकार पर्दछ । आफुलाई नगरका सबै महिलाले आफ्नो प्रतिनिधि ठानेर मतदान गराई विजयी बनाउने समेत पुनले अपेक्षा व्यक्त गरिन । महिला पछि पर्ने होईन अघि बढ्ने र नेतृत्व क्षमताको विकास गर्ने बताउँदै उनले आफ्नो प्रतिनिधित्व समग्र नगरका महिलाको तर्फबाट भएको जिकिर गरिन ।
कार्यक्रमका वडा नं. ६ का वडा अध्यक्ष पदका प्रत्यासी उमेदवार उमेश बुढा लगाएतका वक्ताहरुले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति २०७९ बैशाख २३ गते शुक्रबार ०८:००
प्रतिक्रिया दिनुहोस्