पाँच दलीय गठबन्धनमा माओवादी केन्द्रका तर्फबाट ढोरपाटन नगरपालिकामा मेयर पदका प्रत्यासी उमेद्वार चन्द्रलाल अर्यालले, नगरको दीगो विकास योजनामा गठबन्धन प्रतिबद्ध रहेको बताए ।
पाँच दलीय गठबन्धनको चुनावी सभा आज ढोरपाटनको खुँगामा सम्पन्न कार्यक्रममा उनले यस्तो बताएका हुन् । विगतमा नगरपालिकाको प्रगति देख्न नपाइएको स्मरण गराउँदै अर्यालले, आगामी दिनमा आफूहरु भिजन सहितका योजना ल्याएर नगरलाई समृद्ध बनाउने बताए ।
सभामा बोल्ने दलका वक्ताहरुले जनताले मत दिएर जिताए नगरपालिकामा सुशासन कायम गर्ने, विकासका पूर्वाधारहरु गतिशिल रुपमा अघि बढाउने, जनताका समस्या पहिचान गरेर योजना बनाउने प्रतिवद्धता जनाएका छन् ।
नगरको स्वाथ्य, शिक्षा, सडक, बिजुली लगायतका नागरिकका अत्यावश्यक समस्यालाई यो गठबन्धन टिमले नजिकबाट बुझेको बताउँदै, अर्यालले दीगो योजनाका साथ काम गर्ने साझा प्रतिवद्धता सहित जनतामा आएको बताएका थिए ।
कार्यक्रममा उपमेयरका प्रत्यासी धनबहादुर कायत, वडा नं. ४ का वडा अध्यक्षका प्रत्यासी सहविन अर्गेजा लगाएतका पार्टिका नेताहरुले आफ्नो बन्तव्य राखेका थिए ।












