वैशाख ३० गते हुने स्थानिय निर्वाचनको प्रचारप्रसारमा स्वतन्त्र उम्मेदवारको व्यक्तिगत चरित्र हत्या गर्ने कार्य गरेको भन्दै स्वतन्त्र उम्मेद्वार मन्जु शर्मा चालिसेले आपत्ति जनाउनुभएको छ ।
आज शर्माले एक प्रेस बिज्ञप्ती प्रकाशित गदैं केहि दल तथा दलिय गुठहरुले स्वतन्त्र उम्मेदवारको व्यक्तिगत चरित्र हत्या गर्ने गर्ने चुनावी सभामा भ्रामक तथ्यहिन तथा अर्नगल प्रचारप्रसार गरी मतदातालाई आफूनो स्वतन्त्रताको हकलाई समेत प्रयोग गर्न नदिने गरेको भन्दै आपत्ति जनाउनुभयो ।
बिज्ञप्तीमार्फत नागरिक अधिकारहरु माथि प्रहार गर्ने कुचेष्टा गरी प्रचार प्रसार तथा जनताको मतदान गर्ने अधिकारलाई समेत सिन्डिकेट लगाई चुनावी प्रचारप्रसारमा समेत व्यवधान गरेको दाबी गर्नुभयो ।
बिज्ञप्तीमा प्रचारप्रसारको क्रममा स्वतन्त्र उम्मेदवारको नमूना मतपत्रमा मुढा चिन्ह हटाई प्रचारप्रसार गरेको प्रमाण पेश गर्दा समेत सम्बन्धित निर्वाचन कार्यालयले अझ सम्म कानूनी कार्वाही भएनभएको जानकारी नआएको, सरकार र शक्तिको आडमा मतदाताहरुलाई स्वतन्त्रले जितेमा बजेट आउदैन, भोट हालेमा सरकारबाट पाउने सेवा सुविधा समेत पाउदैन, पार्टीले कार्वाही गर्ने जस्ता मिथ्या प्रचारप्रसार गरेको उल्लेख गरिएको छ ।
बिज्ञप्ती मार्फत नमुना मतपत्रमा चुनाब चिन्ह हटाउने तथा निर्वाचन आचारसहितालाई उल्लङ्घन गर्ने व्यक्ति गुठ वा पार्टीलाई कार्वाहीको समेत माग गरिएको छ ।










