बुर्तिबाङको दरवार होटलमा तोडफोड

बुर्तिबाङको दरवार होटलमा तोडफोड
२०७९ बैशाख ३१ गते शनिवार ०९:५३

ढोरपाटन नगरपालिकामा पाँच दलीय गठबन्धन र एमाले कार्यकर्ताबीच गय राति झडप हुँदा बुर्तिबाङ बजार स्थित दरवार होटलमा तोडफोड भएको छ । निर्वाचन सम्पन्न भएपछि मत गणनाका विषयमा निर्वाचन कार्यालयमा भएको विवादले भिडन्तको अवस्था सिर्जना...

ढोरपाटन नगरपालिकामा पाँच दलीय गठबन्धन र एमाले कार्यकर्ताबीच गय राति झडप हुँदा बुर्तिबाङ बजार स्थित दरवार होटलमा तोडफोड भएको छ ।
निर्वाचन सम्पन्न भएपछि मत गणनाका विषयमा निर्वाचन कार्यालयमा भएको विवादले भिडन्तको अवस्था सिर्जना गरेको थियो ।
निर्वाचन कार्यालय परिसरबाट दुई पक्षबीच भएको झडप बजारसम्म आइपुगेको थियो । झडपका क्रममा स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट नगरप्रमु्खका पदमा उमेद्वार बनेका देवकुमार नेपालीको दरवार होटलमा ढँुगा प्रहार गरि होटलको शीशा लगायत घर नै तोड्फोड भएको छ ।
रातको समयमा व्यक्तिगत घरमा ढुँगा मुढा गरि हुलदंगा गर्ने र क्षति पुर्याउनेलाई कार्वाहीको दायरामा नल्याएसम्म मतगणना स्थलमा आफ्नो दल उपस्थित नहुने एमाले ढोरपाटनले जनाएको छ । उमेदवारकै घर लक्षित गरि गरिएको हर्कत निन्दनीय भएको एमाले ढोरपाटनले जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालयमा भएको विवाद दुई पक्षबीच पछि दोहोरो भिडन्त भएको प्रतक्ष्यदर्शीले बताएका छन् ।

प्रकाशित मिति २०७९ बैशाख ३१ गते शनिवार ०९:५३
प्रतिक्रिया दिनुहोस्