बागलुङको ताराखोला गाउँपालिका–५ मा नेकपा माओवादी केन्द्रका मनबहादुर रोका विजयी भएको छ ।वडा अध्यक्षमा विजयी रोकाले ८ सय ५४ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका धनप्रसाद बुढाले २ सय १९ मत प्राप्त गरेका छन् ।
वडा अध्यक्ष रोका पाँच दलीय गठबन्धनको तर्फबाट वडा अध्यक्षको उम्मेदवार बनेका थिए । ताराखोला गाउँपालिका–५ को खुल्ला महिला सदस्यमा माओवादीका पार्वती पुन रोका, दलित महिला सदस्यमा माओवादीकै जैकली दर्जी, खुल्ला सदस्यमा नेपाली कांग्रेसका तारानाथ कंडेल, खुल्ला सदस्यमा माओवादीका चन्द्रा रोका विजयी भएको हो।
प्रकाशित मिति २०७९ बैशाख ३१ गते शनिवार ०२:३६