ढोरपाटनमा नेपाली अघिअघि अयौल पछिपछि

ढोरपाटनमा नेपाली अघिअघि अयौल पछिपछि
२०७९ जेठ १ गते आईतबार ०५:४९

सबैको चासो र चर्चाको विषय रहेको ढोरपाटन नगरपालिकामा गयरातिबाट मतगणना सुरुभएको छ । नगरको वडा नं. ९ बाट सुरुभएको गणनामा नगर प्रमुखमा नेकपा एमालेका देवकुमार नेपालीले अग्रता कायम गरेका छन् । वडाको ६३० मत गणनाहसँदासम्म नेपालीले २८०...

सबैको चासो र चर्चाको विषय रहेको ढोरपाटन नगरपालिकामा गयरातिबाट मतगणना सुरुभएको छ । नगरको वडा नं. ९ बाट सुरुभएको गणनामा नगर प्रमुखमा नेकपा एमालेका देवकुमार नेपालीले अग्रता कायम गरेका छन् । वडाको ६३० मत गणनाहसँदासम्म नेपालीले २८० मत ल्याएका छन् भने पाँच दलीय गठबन्धनका चन्द्रलाल अर्यालले २१८ मत ल्याएका छन् । यहाँ नेपालीले ६२ मतले अघि लागेका छन्, अर्याल पछिपछि देखिन्छन् ।
उपप्रमुखमा गठबन्धनका उमेदवार धनबहादुर कायतले २७२ मत ल्याएर अग्रता कायम गरेका छन् । राजमो विद्रोही समुहका उमेदवार ताराकुमारी पुनलाई २१८ मत आएको छ ।
वडा अध्यक्षमा एमालेका उमेदवारले अग्रता कायम गरेका छन् ।

प्रकाशित मिति २०७९ जेठ १ गते आईतबार ०५:४९
प्रतिक्रिया दिनुहोस्