तमानखोला गाउँपालिकामा ५ वटा वडाको गणना सकियो

तमानखोला गाउँपालिकामा ५ वटा वडाको गणना सकियो
२०७९ जेठ १ गते आईतबार ०६:४१

तमानखोला गाउँपालिकामा ५ वटा वडाको गणना सकिएसँगै नतिजा बाहिरिएको छ । जस मध्ये नेपाली काँग्रेसले ३ वटा वडामा जितेको छ भने माओवादी केन्द्रले २ वडा जितेको छ । पछिल्लो मतगणनाको परिणाम अनुसार वडा नं. १ माओवादी केन्द्रका थमबहादुर रोका...

तमानखोला गाउँपालिकामा ५ वटा वडाको गणना सकिएसँगै नतिजा बाहिरिएको छ । जस मध्ये नेपाली काँग्रेसले ३ वटा वडामा जितेको छ भने माओवादी केन्द्रले २ वडा जितेको छ ।
पछिल्लो मतगणनाको परिणाम अनुसार वडा नं. १ माओवादी केन्द्रका थमबहादुर रोका सहितको प्यानल आएको छ । यस अघि यहाँ माओवादी केन्द्रले नै जितेको थियो । यस्तै वडा नं. ३ मा नेपाली काँग्रेसका झकबहादुर बुढाको प्यानल आएको छ । वडा नं. ४ मा माओवादी केन्द्रका छवि श्रीपालीको प्यानल आएको छ । यस अघि यहाँ नेकपा एमालेको प्यानल आएको थियो ।
यस्तै वडा नं. ५ का नेपाली काँग्रेसका हिरा बहादुर श्रीपाली र वडा नं. ६ मा नेपाली काँग्रेसका चित्र छन्त्याल वडा अध्यक्षमा विजयी भएका छन् । अहिले वडा नंं २ को गणना हुँदैछ । यसपछि सिंगो पालिकाको रिजल्ट आउने छ ।

 

प्रकाशित मिति २०७९ जेठ १ गते आईतबार ०६:४१
प्रतिक्रिया दिनुहोस्