ढोरपाटनमा एमालेले खोल्यो खाता

ढोरपाटनमा एमालेले खोल्यो खाता
२०७९ जेठ १ गते आईतबार ०९:०१

ढोरपाटन नगरपालिका वडा नं. ९ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका वडा अध्यक्ष उमेदवार खीमबहादुर घर्तिले पाँच दलीय गठबन्धनबाट नेकपा एस का राजु विश्वकर्मालाई १४ मतको अन्तरले पराजित गरेका छन् । यो सँगै नगरमा एमालेले खाता...

ढोरपाटन नगरपालिका वडा नं. ९ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका वडा अध्यक्ष उमेदवार खीमबहादुर घर्तिले पाँच दलीय गठबन्धनबाट नेकपा एस का राजु विश्वकर्मालाई १४ मतको अन्तरले पराजित गरेका छन् । यो सँगै नगरमा एमालेले खाता खोल्न सफल भएको छ ।
एमालेका वडा अध्यक्ष उमेदवार घर्तिले ४०२ मत ल्याउँदा एसका विकले ३८८ मत ल्याएका थिए । उक्त वडामा महिला सदस्यमा विजयी नरमति पुनले सबैभन्दा धेरै ४३२ मत ल्याएर विजयी भएकी छन् । उनी राष्ट्रिय जनमोर्चा विद्रोही समुहबाट महिला समदस्यमा उमेदवारी दिएकी थिईन ।

प्रकाशित मिति २०७९ जेठ १ गते आईतबार ०९:०१
प्रतिक्रिया दिनुहोस्