ढोरपाटन नगरपालिकामा नेकपा एमालेका तर्फबाट नगर प्रमुखका प्रत्यासी उमेदवार देवकुमार नेपाली पाँच दलीय गठबन्धनका उमेदवार चन्द्रलाल अर्यालभन्दा अगाडि छन् ।
पछिल्लो मत परिणाम अनुसार एमालेका उमेदवार नेपालीको ३५०८ मत आएको छ भने गठबन्धनका अर्यालको २९५८ मत आएको छ । अर्यालभन्दा नेपाली ५५० मतले अग्र स्थानमा छन् ।
अहिले वडा नं. ४ को मत गणना भइरहेको छ । १८६१ मत खसेको वडा नं. ४ मा हालसम्म १००० मत गनिसकिएको छ ।
यस्तै उपप्रमुखमा गठबन्धनका धनबहादुर कायत अग्रस्थानमा छन् । कायतको ३३९५ मत आउँदा राजमो विद्रोहि समुहका तर्फबाट उपप्रमुखमा उमेदवारी दिएकी ताराकुमारी पुनको २८५१ मत आएको छ । पुनभन्दा कायत ५४४ मतले अगाडि छन् ।
उता चर्चाको विषय रहेको वडा नं. ४ मा जनमोर्चाकै दुई समुहमा भिडन्त छ । एकातर्फबाट सहविन अर्गेजा वडा अध्यक्षका उमेद्वार छन् भने अर्कातिरबाट विद्रोही जनमोर्चाका तिलक पुन छन् । १००० मत गणनाहुँदा अर्गेजाभन्दा पुन १४ मतले अगाडि छन् ।










