सेयर बजार उकालो लाग्यो – के मा गर्ने त् लगानी ?जानौ

no-image
२०७८ बैशाख २२ गते बुधबार ११:२६

काठमाडौं । आइतबार सेयर बजारमा उछाल देखिएको छ । निषेधाज्ञामा विभिन्न क्षेत्र बन्द भएसँगै  सेयर बजारतर्फ लगानीकर्ताको आकर्षण देखिन्छ ।  सेयर बजार ५४ अंकले बढेको छ । बजार समग्रमा २.०७ प्रतिशतले बढेको हो । यस दिन सेयर बजार २६६५.१० बिन्दुमा...

काठमाडौं । आइतबार सेयर बजारमा उछाल देखिएको छ । निषेधाज्ञामा विभिन्न क्षेत्र बन्द भएसँगै  सेयर बजारतर्फ लगानीकर्ताको आकर्षण देखिन्छ ।  सेयर बजार ५४ अंकले बढेको छ । बजार समग्रमा २.०७ प्रतिशतले बढेको हो । यस दिन सेयर बजार २६६५.१० बिन्दुमा अडिएको छ । आइतबार ७ अर्ब ३६ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूह हरियाली छ ।

तीनवटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा माथिले बढेको छ । महिला लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर यसको सेयर मूल्य ३ हजार ४ सय ३७ रुपैयाँ कायम भएको छ ।  यता विशाल बजार कम्पनीको सेयर मूल्य पनि यहि अनुपातमा बढेको छ । यसको सेयर मूल्य ५ हजार ६ सय ८ रुपैयाँ कायम भएको छ । यता सिंगटी हाइड्रोको सेयर मूल्य पनि  ९.९२ प्रतिशतले बढेर ३ सय ९९ रुपैयाँ कायम भएको छ ।

खरिद बिक्री रकममा ४२ करोड रुपैयाँभन्दा बढीसहित एनसीसी बैंक अगाडि छ । दोस्रोमा पुनर्बिमा र तेस्रोमा नेपाल टेलिकम रहेका छन ।  २२६ कम्पनीको १ करोड ५८ लाख कित्ताभन्दा बढी सेयर कारोबार भएको हो ।

प्रकाशित मिति २०७८ बैशाख २२ गते बुधबार ११:२६
प्रतिक्रिया दिनुहोस्