ढोरपाटन नगरपालिकामा पाँच दलीय गठबन्धनलाई एमाले भारि पर्ने देखिएको छ । गठबन्धन गरेर नगरको विरासत कायम गर्ने पाँच भाइको इरादा कमजोर सावित हुने खतरातिर छ ।
ढोरपाटन नगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका चन्द्रलाल अर्याल पालिकाको ७ वटा वडामा मतगणना हुँदासम्म ८ सय ४५ मतले पछाडि छन् ।
पछिल्लो मत परिणाम अनुसार एमालेका उमेदवार नेपालीको ४ हजार ६ सय ६७ मत ल्याउँदा अर्यालको ३ हजार ८ सय २२ मत ल्याएका छन् ।
उता ४ वटा वडामा आएको परिणाम अनुसार ९२७ मतको पराकिलो अंक बनाएका गठबन्धनका उपप्रमुख धनबहादुर कायत त्यसपछिका ३ वटा वडाको मतगणना हुँदा ३३७ मतको अन्तरमा झरेका छन् । उपप्रमुखमा काँग्रेसबाट गठबन्धनमा रहेका धनबहादुर कायतले अहिलेसम्म ४ हजार २ सय ४६ मत ल्याएका छन् । उ राजमो विद्रोहि समुहका तर्फबाट उपप्रमुखमा उमेदवारी दिएकी ताराकुमारी पुनको ३ हजार ९ सय ९ मत ल्याएकी छन् ।
राष्ट्रिय जनमोर्चाको आफ्नो शाखको विषय रहेको वडा नंं ४ मा हार व्यहोर्नु परेको छ । हिजो साँझ सम्ँमको परिणाम अनुसार ढोरपाटन नगरपालिकाको वडा नं. ४ मा फेरि तिलक पुन सहितको प्यानल विजयी भएको छ । पुनले आफ्ना निकटतम प्रतिस्पर्धि गठबन्धनका उमेदवार सहविन अर्गेजालाई २८ मतले पराजित गरेका छन् ।
यता वडा नं. ३ मा पनि सोंचेको भन्दा अप्रत्यासित मत परिणाम आएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य गौरीश्वर पाण्डेको गृह वडामा राजमोकै उमेदवार रहेका थिए । पाँच पाँच दलको गठबन्धनलाई तोड्दै नेकपा एमालेले त्यहाँपनि विजयी हासिल गरेको छ । यसले त्यहाँका नेतालाई झापडनै दिएको गल्ली र चोकहरुमा चर्चा हुँदैछ ।
वडा नं. ३ मा नेकपा एमालेका खीम बहादुर सुनारको प्यानलले गठबनधनका तर्फबाट राष्ट्रिय जनमोर्चाको प्यानलनै पराजित गरेको छ । वडा अध्यक्षमा प्रत्यासी उमेदवार नारायण घर्तिलाई १४ मतले पछि पार्दै एमालेका सुनारले जित हासिल गरेका छन् ।
ढोरपाटन नगरपालिकामा अव वडा नं. १ र २ को गणनाहुँदैछ ।










