बैशाख पुर्णिमाको अवसरमा बागलुङ्ग जिल्लाको ढोरपाटनमा तैनाथ श्री देवीबक्स गुल्मले ढोरपाटन नगरपालिका-९, उत्तरगंगा मन्दिर परिसरमा निस्शुल्क स्वास्थ्य शिबिर संचालन गरेको छ ।
श्री देवीबक्स गुल्मको आयोजनामा उक्त गुल्मको मेडिकल टिम र श्री नं. २३ फि.ए. गुल्म बागलुङ्गबाट खटिएको डा. अधिकृत सहितको मेडिकल टिम एवं बागलुङ्ग नगरपालिका, ढोरपाटन नगरपालिका र जिल्ला जनस्वास्थ बागलुङ्गको सहयोगमा संचालित उक्त शिबिरबाट स्थानिय ढोरपाटनबासि लगायत मन्दिर दर्शन गर्न आएका भक्तजनहरु सहित पुरुष १८३, महिला २५५ र ४७ जना बालबच्चा गरी जम्मा ४८५ जनाले स्वास्थ सेवा लिएका छन ।
नपाली सेनाको २३ बाहिनी अड्डा अन्तर्गत श्री २३ फि।ए ।गुल्मका प्रा ।सह(से डा। सुकृति महर्जन लगायत ९ जनाको स्वास्थकर्मी टोलिले उक्त सेवा दिएका थिए । भैगोलिक बिकटता र स्वास्थ क्षेत्रको पहुँच कम भएको उक्त क्षेत्रमा बैशाख पुर्णिमाको अवसरमा देवीबक्स गुल्मको आयोजनामा नगरपालिका, स्वास्थ कार्यालयको सहयोगमा उक्त निस्शुल्क स्वास्थ्य शिबिर संचालन भएको हो।
नेपाली सेना संधै जनताको सेवामा समर्पित रहेको र नागरिक (सैनिक सम्बन्ध सुदृढ गर्न बिभिन्न सामाजिक काम गर्दै आएको छ। आफ्नै गाउंठाउंमा सेनाद्वारा आयोजना गरिएको निस्शुल्क स्वास्थ शिबिरबाट सेवा लिन पाउंदा स्थनिय जनाताहरु साथै मन्दिर दर्शन गर्न आएका भक्तजनहरुले सेनाप्रति आभार प्रकट गरेका छन ।










