बागलुङका १० पालिकाको नेतृत्वमा दुई महिला

बागलुङका १० पालिकाको नेतृत्वमा दुई महिला
२०७९ जेठ ६ गते शुक्रबार ०४:४५

स्थानीय तह निर्वाचनमा बागलुङका १० पालिकाको नेतृत्वमा २ जनामात्र महिला आएका छन् । जिल्लाको ८५ वडा अध्यक्षमा समेत सबै पुरुष विजयी भएका छन् । ४ सय ४५ जना जनप्रतिनिधीको लागि बागलुङमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा अनिवार्य गरिएका...

स्थानीय तह निर्वाचनमा बागलुङका १० पालिकाको नेतृत्वमा २ जनामात्र महिला आएका छन् । जिल्लाको ८५ वडा अध्यक्षमा समेत सबै पुरुष विजयी भएका छन् ।

४ सय ४५ जना जनप्रतिनिधीको लागि बागलुङमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा अनिवार्य गरिएका बाहेक प्रमुखमा १, उपप्रमुखमा १ र वडा सदस्यमा ८ जना गरि १० जना मात्र महिला निर्वाचित भएका छन् ।

बागलुङका चार नगरपालिका र छ गाउँपालिका मध्ये २०७४ सालको निर्वाचनमा ६ पालिकाको उपप्रमखु र उपाध्यक्षमा महिला थिए । तर अहिलेको निर्वाचनमा जिल्लाको बडिगाड गाउँपालिकाको अध्यक्षमा गण्डकी थापा अधिकारी र तमानखोला गाउँपालिकाको उपाध्यक्षमा हिराकुमारी छन्त्यालमात्रै निर्वाचित भएका छन् ।
२०७४ सालको निर्वाचनमा बागलुङको गलकोट नगरपालिकाको उपप्रमुखमा रेणुका काउचा, ढोरपाटन नगरपालिकाको उपप्रमखुमा करमती पुन, निसीखोला गाउँपालिकाको उपाध्यक्षमा शोभा कार्की, तमानखोला गाउँपालिकाको उपाध्यक्षमा मानसरी शेरचन, ताराखोला गाउँपालिकाको उपाध्यक्षमा दिल कुमारी पुन र बरेङ गाउँपालिकाको उपाध्यक्षमा डिल कुमारी पुन निर्वाचित भएका थिए । अहिले गठबन्धनका कारण पाँच दलले कम मात्रै महिला उम्मेदवार उठाए भने एमालेले उठाएका सबै महिला उम्मेदवारहरुले हार व्यहोर्नु परेको छ ।
२०७४ सालको स्थानीय निर्वाचनमा बागलुङ नगरपाकिला–३ को वडा अध्यक्षमा लक्ष्मी बाँस्कोटा र काठेखोला गाउँपालिका–८ लेखानीको वडा अध्यक्षमा चित्राकुमारी छन्त्याल विजयी भएका थिए ।
तर अहिले ८५ वडाको नेतृत्वमा महिला शुन्य भएको पाइएको छ । यस पटकको निर्वाचनमा जिल्लाको काठेखोला गाउँपालिका–२ मा नेपाली कांग्रेसबाट गंगा थापा र काठेखोला गाउँपालिकाकै वडा नम्बर ८ मा नेकपा एमालेका चित्राकुमारी श्रीसलाई उम्मेदवार बनाएपनि दुवैले पराजय वेहोर्नु परेको छ ।

ऐनमा व्यवस्था भए अनुसार जिल्लाका ८५ वटा वडामा महिला सदस्य र दलित महिला सदस्य गरि १७० जना महिला बाहेक १ सय ७० जना खुल्ला सदस्यमा ८ महिला, पालिका प्रमुख र उपप्रमुख गरि २० जना मध्ये १/१ जना महिला निर्वाचित भएका छन् ।

प्रकाशित मिति २०७९ जेठ ६ गते शुक्रबार ०४:४५
प्रतिक्रिया दिनुहोस्