जिल्लाको बडिगाड गाउँपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा बाउसँग हारेकी गण्डकी थापाले छोरालाई जितेकी छन् । पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी थापाले गत निर्वाचनमा मेहरसिंह पाइजासँग हारेकि थिईन । उनै पाइजाका छोरा अहिले फेरि थापासँग भिडे, थापाले छोरालाई हराएर विजयी भईन । थापाले ७ हजार ३ सय ८६ मत ल्याउँदा पाईजाले ५ हजार ८ सय १४ मत पाएका थिए । गत स्थानीय तहमा निर्वाचनमा अधिकारी राजनका बुबा मेहरसिंह पाईजासंग पराजित भएकी थिईन् । त्यतिबेला नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर निर्वाचनमा गएका थिए ।
नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चा भिन्दा भिन्दै चुनावी प्रतिस्पर्धामा थिए । गत निर्वाचनमा मेहरसिंह पाईजासंग ५ सय २२ मतान्तरले पराजित भएकी अधिकारीले यो पटक उनकै छोरालाई त्यसको ३ गुणा मतान्तरले पराजित गरेर हिसाब किताब चुक्ता गरिन ।
प्रतिक्रिया दिनुहोस्










