स्थानीय तह निर्वाचन बैशाख ३० मा सम्पन्न भयो । निर्वाचन परिणाम पनि आयो । निर्वाचन अघि विभिन्न ठाउँमा स्थानीय सरकारले भर्ना गरेका २९ जना कर्मचारीलाई नगरले एकैचोटी फाँडि हान्देको छ ।
नयाँ निर्वाचित जनप्रतिनिधिहरुले उनीहरुलाई अनावश्यक देख्लान भनेर हो वा अव आवश्यक नठानेर हो । नगर कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराइले आफ्नो अधिकार प्रयोग गरि उनीहरुलाई हटाएको बुझिएको छ ।
नगरमा अनावश्यक करार कर्मचारी राखेर राज्यकोषको खर्च बढिरहेको प्रति स्थानीय राजनैतिक दलहरु समेत असन्तुष्ट थिए । आफ्ना मान्छे राखेको आरोप उस्तै थियो । अहिले नगरको निर्वाचनमा त्यस सम्बन्धि कुरा उठ्ला भन्ने भएर हुनुपर्दछ यो अवधिमा उनीहरु बर्खास्तमा परेका छन् ।
प्रकाशित मिति २०७९ जेठ ७ गते शनिवार ०६:१५