वाहा ! हाम्रो स्मार्ट क्याम्पस ‘निसीभूजि’

वाहा ! हाम्रो स्मार्ट क्याम्पस ‘निसीभूजि’
२०७९ जेठ ७ गते शनिवार ०७:२३

हुन त आफैले शिक्षा लिएको क्याम्पसको के बेथिति सार्वजनिक गर्नु । मन मान्दैन नकरात्मक हुन । तर नकरातमकता भित्र पनि सकरात्मकता हुन्छन् भन्ने सकरात्मक सोंच चिन्तकको पनि विद्यार्थीका हिसावले मेरो स्मार्ट क्याम्पसको सानो सकरात्मक...

हुन त आफैले शिक्षा लिएको क्याम्पसको के बेथिति सार्वजनिक गर्नु । मन मान्दैन नकरात्मक हुन । तर नकरातमकता भित्र पनि सकरात्मकता हुन्छन् भन्ने सकरात्मक सोंच चिन्तकको पनि विद्यार्थीका हिसावले मेरो स्मार्ट क्याम्पसको सानो सकरात्मक आलोचना गरौं ।
भन्दा स्मार्ट, कसरी ? लेक्चरहरुले तलव खाएर ? विद्याथीले सर्वसुलभ अध्ययन गर्न पाएर वा राज्य, जनता र सामाजिक अभियान्ता, राजनैतिक नेताको दृष्टिमा फरबक पारेर ? के गरेर ?

स्मार्ट क्याम्पसको नारा लगाएर शैक्षिक महोत्सव गरि सोझा साझालाई दक्षिणा भराइयो । ठीक हो, कमाएकाले एक शैक्षिक संस्थामा दान सहयोग गर्ने ? के उनीहरुको दान सहयोगको परिचालन सम्बन्धी त्यसका व्यवस्थापक र प्रशासकीय नेतृत्वबाट यो गर्न लाग्यौं के भन्नुहुन्छ भनेर सोधखोज गरिएको होला ? कुन्नी के गरे भन्ने प्रश्न उठाएका चन्दादाताहरुलाई मजाकको प्रतिबिम्व खडा गरिएको रहेछ महोत्सव । हामी तमाम विद्यार्थीहरु आफ्ना बा आमा काका दाई दिदीहरुलाई चन्दाहाल्न उक्सायौं । हाम्रै पालामा स्मार्ट क्याम्पस बन्यो भने हामीमात्र होईन। हामी पछिको पुस्ताले गतिलो उच्च शिक्षा हासिल गर्ला भन्ने कत्रो रहले घामपानी सहेर महोत्सव सक्यौं । अन्ततः के सोंचियो के भयो ?

चन्दादिन होडगर्नेहरुले दानमा समेत बोलबोलाइको माला लगाए । पैसा तिरेनन् । सुहाएकै छ । भएका फयाकेल्टीहरु चलाइएन, व्यवस्थित गर्नेतर्फ सोंचिएन, चलेकै छ । म स्मार्ट क्याम्पसका खातिर महोत्सवमा घाम खाने विद्यार्थीलाई डाड सेक्ने गरि अनावश्यक शुल्क उठाएर लुट्न खोजियो । यसको नयाँ भविश्य देख्ने विद्यार्थीको हातले स्मार्ट क्याम्पसका ताल्चा ठोक्नु पर्यो । लेक्चरहरु तलव खान नपाएको भन्दै कक्षा लिनहुन्न मैले त्यसको क्षतिपूर्ति फेलभएर भर्नुपर्ने होला । मेरा बा आमाको भविश्य म, यहाँका नेता नेतृत्वले ओगटेको व्यवस्थापन र राज्यको पहुँचमा रहेकाहरुको कुम्भकर्णी चीर निद्राले म र म जस्ता स्मार्ट क्याम्पसका विद्यार्थीलाई शुल्कबाट नाँगेझार पारेर फेरि पास्पोर्ट हातमा थमाइदिने कुचेस्टा सहने बाध्यता आइलागेकोमा म मलाई महान ठानौं ? वाहा ! मेरो निसीभूजी क्याम्पस । मेरा गुरुवर्ग । म र म जस्ता निरिह विद्यार्थी, स्मार्ट क्याम्पसका स्मार्ट लेक्चरहरु । स्मार्ट क्याम्पस प्रमुख । स्मार्ट व्यवस्थापक ज्यूहरु तपाइहरुलाई लाख लाख साधुवाद छ ।

तपाइहरुको सोंच र चिन्तन त फेरिदैन तर म जस्ता गरिबको बच्चालाई स्मार्ट क्याम्पसको विद्यार्थी बनाएर यहाँको अध्ययनबाट हरियो पास्पोर्ट काटेर काठमाण्ठौमा बैदेसिक रोजगारीका अड्डाहरु खोज्ने स्मार्ट अवसर प्रदान त गरिदिनु भयो । तपाई महान मान्छेका बच्चाहरु पोखरा काठमाण्डौ पढ्न पढाउनुभयो । म जस्ता बुहारी विद्यार्थीले नजिकको मौका पाएँ भनेर हर्षका परिभाषाहरुमा स्मार्ट ढंगले रोदनका आशु छर्कने मौका दिलाउनुभयो ।

स्मार्ट प्रशासक ज्यू, तपाईको हेक्का रहोस् । मैले मलाई मन पर्ने फ्याकल्टी बन्द गराएर तपाइहरकै जवरजस्तीमा अर्को विषय रोजाइदिएकोमा । स्मार्ट नेता व्यवस्थापक ज्यू तपाइहरुको पनि मन मुटु मेरो जस्तै जलोस र तरेखु बनेको मन होस् जस्ले मेरो गरिबीको ढाडमाथिनाजायज शुल्कको डण्डा हानेर घाइते बनाइ छाडेकोमा । खै पुराना व्यवस्थापकले यो भवन किन बनाए ? त्यो जगमा नसक्नेहरु जंगिएर पदको बद्ख्याई गरिदिनुभयो । म त स्मार्ट बने क्याम्पस हापेर । म अझ स्मार्ट बन्छु, हातमा हरियो पास्पोर्ट छोपेर, तर म जस्ता अरुपनि विद्यार्थी तपाइहरु भन्दा अझै स्मार्ट बन्नेछन् । भविश्यको नयाँ गन्तव्य ताकेर तपाइहरु त्यही पदको लाचारी र गरिवीको निन्याउरो अनुहारमाथि कर्म विनाको दुईचार थान महंगो विल थामेर ढिलो गरि भएपनि दालचामलको जोहो गरेर स्मार्ट बन्नुस् र साधुवाद ।

अन्तमा साधुवाद मेरो विचार राख्न मन गर्नुभएका सम्पादक ज्यू । समाजका विकृति विसंगति सबैका स्मार्ट समस्या रहेछन् । यहाँहरु लुरुङ्ङ परेर भएपनि स्मार्ट मान्छेहरुका होईन साधा सिधा जो स्मार्टहरुको चपेटामा चेपिन्छन् उनीहरुको झुत्ले कुरा सुन्नु, बोल्नु र लेख्नु ।
धन्यवाद ।

प्रकाशित मिति २०७९ जेठ ७ गते शनिवार ०७:२३
प्रतिक्रिया दिनुहोस्