गण्डकीमा ४४ वटा पालिकाको प्रमुखमा जितेको कांग्रेस अहिले भने ३६ पालिकामा मात्र सीमित

गण्डकीमा ४४ वटा पालिकाको प्रमुखमा जितेको कांग्रेस अहिले भने ३६ पालिकामा मात्र सीमित
२०७९ जेठ ९ गते सोमबार ११:२६

गण्डकीका ८५ मध्ये ४४ पालिका प्रमुख जितेर गण्डकीको पहिलो पार्टी बनेको थियो । गठबन्धनबाट चुनाव लडेको यो पार्टीले अहिले भने पुराना केही ठाउँ गुमाएको छ । निर्वाचन आयोगका अनुसार गण्डकीमा सार्वजनिक ८३ पालिकाको नतिजामध्ये हालसम्म एमाले...

गण्डकीका ८५ मध्ये ४४ पालिका प्रमुख जितेर गण्डकीको पहिलो पार्टी बनेको थियो । गठबन्धनबाट चुनाव लडेको यो पार्टीले अहिले भने पुराना केही ठाउँ गुमाएको छ ।
निर्वाचन आयोगका अनुसार गण्डकीमा सार्वजनिक ८३ पालिकाको नतिजामध्ये हालसम्म एमाले र कांग्रेसले समान ३५/३५ पालिका जितेका छन । अघिल्लोपटक ५ पालिकामात्र जितेको माओवादीले अहिले गोरखामा मात्रै नौ वटा पालिका जितेको छ । तनहुँको आबुखैरेनी र बागलुङको ताराखोला गाउँपालिका सहित कुल ११ पालिका जितेको छ ।

राष्ट्रिय जनमोर्चाले बागलुङमा जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको प्रमुख जितेको छ ।अब नतिजा आउन बाँकी २ वटा पालिका मात्रै छ र तनहुँको व्यास नगरपालिका जितेको खण्डमा स्थानीय तह निर्वाचनमा कांग्रेस गण्डकीको पहिलो दल बन्नेछ । पोखरा महानगरपालिकामा चाहिँ गठबन्धनका उमेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता निरन्तर कायमै छ ।

गठबन्धन नहुँदा अघिल्लो स्थानीय तह निर्वाचनमा ४४ वटा पालिकाको प्रमुखमा जितेको कांग्रेस अहिले भने ३६ पालिकामा मात्र सीमित हुने देखिएको छ ।कांग्रेसले हालसम्म मुस्ताङका पाँच गाउँपालिकामध्ये एउटा मात्र पालिका जित्न सफल रह्यो । अघिल्लो निर्वाचनमा तीनवटा पालिकामा जीत हासिल गरेको थियो ।लोमानथाङ गाउँपालिका, बारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिका जितेको कांग्रेसले मुस्ताङमा अहिलको निर्वाचनमा यी पालिका जोगाउन सकेन ।

बरु, एमालेले जितेको घरपझोङ गाउँपालिका जितेर कांग्रेसले मुस्ताङमा साख जोगायो ।बाँकी चारै गाउँपालिकामा एमालेका उम्मेदवारले गठबन्धनलाई पराजित गरे ।

मुस्ताङमा कांग्रेस अघिल्लो निर्वाचनको तुलनामा दुई पालिका गुमायो ।अघिल्लो निर्वाचनमा म्याग्दीमा पहिलो पार्टी बनेको कांग्रेस अहिले दोश्रो शक्तिमा खुम्चिएको छ । म्याग्दीका ६ पालिकामध्ये एमालेले चार पालिका जितेको छ ।०७४ को चुनावमा अन्नपूर्ण गाउँपालिका, बेनी नगरपालिका, मालिका र रघुगंगा गाउँपालिका कांग्रेसले जितेको थियो । एमालेले धवलागिरी र मंगला गाउँपालिका जितेको थियो ।तर, पाँच वर्षपछिको निर्वाचनमा परिणाम फेरिएको छ । जिल्लाको एकमात्र बेनी नगरपालिका कांग्रेसले गुमाएको छ । अन्नपूर्ण गाउँपालिका, मालिका पनि कांग्रेसले गुमाएको छ ।

त्यसको सट्टा धवलागिरीमा चुनाव जितेको छ भने रघुगंगा गाउँपालिकामा साख जोगाएको छ । एमालेले मंगलामा साख जोगाउँदै गर्दा बेनी नगरपालिका, अन्नपूर्ण र मालिका आफ्नो पक्षमा पारेको छ ।
म्याग्दीमा पनि कांग्रेसले दुई पालिका गुमाउन पुग्यो ।बागलुङमा भने गठबन्धनले १० मध्ये ९ पालिका आफ्नो पक्षमा पारेर एमालेलाई ढोरपाटन नगरपालिकाको प्रमुखमा सिमित पारेका छन ।
०७४ मा ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिका, बागलुङ नगरपालिका, ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिका एमालेले जितेको थियो । गल्कोट र जैमिनी नगरपालिका, तमानखोला, निसिखोलामा कांग्रेस विजयी हुँदा बरेङ गाउँपालिका राष्ट्रिय जनमोर्चाले जितेको थियो ।अहिले गठबन्धनका तर्फबाट कांग्रेसले एमालेले यसअघि नगरप्रमुख जितेको बागलुङ नगरपालिका, गाउँपालिका अध्यक्ष जितेको काठेखोला, बडिगाड गाउँपालिकामा जीत हासिल गरेको छ ।६ गाउँपालिकामध्ये काठेखोला गाउँपालिकामा काँग्रेसका राजु थापा अध्यक्ष, बडिगाड गाउँपालिकामा काँग्रेसकी गण्डकी थापा अधिकारीमा कांग्रेसका उमेदवारले जीते । यस्तै, तमानखोला र निशिखोला गाउँपालिका पनि कांग्रेसकै पोल्टामा प¥यो र ४ नगरपालिका मध्ये ढोरपाटनमा एमाले, जैमिनीमा राष्ट्रिय जनमोर्चाका उमेदवारले चुनाव जित्दा कांग्रेसले गल्कोट र बागलुङ नगरपालिकामा जीत हासिल ग¥यो ।ताराखोला गाउँपालिकामा माओवादी, बरेङ गाउँपालिकामा राजमोका उम्मेदवारले जिते ।

समग्रमा ६ पालिकामा कांग्रेस, १ पालिकामा माओवादी र २ पालिकामा जनमोर्चाले जित्दा एमाले भने १ पालिकामा मात्र सीमित हुन पुग्यो ।बागलुङमा यसपटक कांग्रेसले २ पालिका थपेको छ ।
पर्वतमा भने अघिल्लोपटक तीन पालिकामा खुम्चिएको कांग्रेसले अहिले दुई पालिका थपेर पाँच पालिकामा जीत हासिल गरेको छ । अघिल्लो निर्वाचनमा एमालेले जीतेको विहादी गाउँपालिका र फलेवास नगरपालिका सहित कांग्रेसले अघिल्लैपटक जितेका जलजला गाउँपालिका, कुश्मा नगरपालिका र पैयुँ गाउँपालिका सुरक्षित राख्यो ।

पर्वतमा पनि कांग्रेसले दुई पालिका थप्न पुग्यो ।कास्कीमा अघिल्लोपटक अन्नपूर्ण गाउँपालिकामा जीतेको कांग्रेसले अहिले त्यो पालिका गुमाएको छ । त्यसको सट्टा एमालेले जीतेको माछापुच्छ«े र मादी गाउँपालिका आफ्नो पक्षमा पारेको छ । रुपा गाउँपालिका एमालेले जोगाउँदा पोखरा महानगरपालिकामा भने नेकपा एकीकृत समाजवादीको अग्रता कायमै छ ।
कास्कीमा अहिले कांग्रेसले एक पालिका आफ्नो पक्षमा पार्न सफल रह्यो ।स्याङजामा भने अघिल्लोपटक अर्जुचौपारी, चापाकोट, वालिङ र भीरकोट नगरपालिका जितेको कांग्रेसले आफ्नो गढ मानिएको वालिङ नगरपालिका गुमाउन पुग्यो ।
स्याङजाका ११ मध्ये चार पालिका जितेको कांग्रेसले अहिले पुतलीबजार नगरपालिका र गल्याङ नगरपालिकामा जीत हासिल गरेको छ । अर्जुनचौपारी, भीरकोट र चापाकोट नगरपालिका भने कांग्रेसले जोगाउन सफल रह्यो ।
बाँकी, फेदिखोला, आँधीखोला, वालिङ, हरिनास, बिरुवा र कालीगण्डकी गाउँपालिका चाहिँ एमालेले जितेको छ ।

स्याङजाबाट यसपटक कांग्रेसले एक पालिका आफ्नो पक्षमा थप्यो । १० पालिका रहेको तनहुँमा ०७४ मा कांग्रेसले ६ वटा पालिकामा जीत हासिल पारेको थियो । तीनवटा एमाले र बन्दिपुर गाउँपालिकामा माओवादी विजयी भएको थियो ।
आबुखैरेनी, ऋषिङ, भानु, व्यास, म्याग्दे र शुक्लागण्डकी नगरपालिका कांग्रेसले जित्दा देवघाट, भिमाद र घिरिङ गाउँपालिका एमालेले जितेको थियो ।

अहिले भने व्यास नगरपालिकामा कांग्रेसका उमेदवारको अग्रता कायमै छ ।बाँकी ९ पालिकामा कांग्रेस र एमालेले ४÷४ पालिका जित्दा अघिल्लोपटक कांग्रेसले जितेको आबुखैरेनी गाउँपालिका चाहिँ माओवादीले जितेको छ ।
कांग्रेसले भानु, शुक्लागण्डकी, ऋषिङ र देवघाट नगरपालिका जितेको छ भने, एमालेले भिमाद, म्याग्दे, घिरिङ र बन्दीपुर गाउँपालिका जितेको छ ।

यसपटकको चुनावमा चाहिँ कांग्रेसले व्यास जितेको खण्डमा पाँचवटा मात्रै पालिका आफ्नो पक्षमा पार्नेछ । तनहुँमा यसपटक एमालेले एक पालिका थप आफ्नो पक्षमा पार्न सफल रह्यो भने कांग्रेसले एक पालिका गुमायो ।
नार्पाभूमिमा कांग्रेसले जितेको छ भने, चामेमा एमालेले अहिलेपनि जीत हासिल गरेको छ । मनाङ ङिस्याङमा एमाले र नासो गाउँपालिकामा कांग्रेस उमेदवार विजयी भएका छन ।
सातवटा पालिका गुमाएको कांग्रेसलाई सबैभन्दा बढि घाटा गोरखामा भएको छ ।अघिल्लो स्थानीय तह चुनावमा कांग्रेसले गोरखाका ११ मध्ये अजीरकोट, आरुघाट, गण्डकी, गोरखा, चुमनुम्ब्री, धार्चे, पालुङटार, भीमसेन र सिरानचोक गरि ९ पालिका जितेको थियो ।

बारपाक सुलीकोट र शहिद लखन गाउँपालिकामा सीमित रहेको माओवादीले यसपटक कांग्रेसलाई नै २ सिटमा झारिदियो ।आरुघाट र सिरानचोक बाहेकका सबै पालिका माओवादीले कांग्रेसबाट खोस्यो ।गोरखामा मात्रै कांग्रेसलाई ७ पालिका घाटा लाग्यो ।लमजुङमा दुधपोखरी र मध्यनेपाल नगरपालिका जितेको कांग्रेसले यसपटकको चुनावमा जितेका पालिका सुरक्षित राख्न सफल भयो भने सुन्दरबजार नगरपालिका र राइनास भने आफ्नो पक्षमा पार्न सफल रह्यो ।

बेसीहर, क्होलासोँगर, दोर्दी र मस्र्याङदी गाउँपालिका भने एमालेले जित्यो । लमजुङबाट कांग्रेसले आफ्नो पक्षमा दुई पालिका प्लस गर्न सफल रह्यो ।
गण्डकीकै एकमात्र तराईको जिल्ला नवलपुरमा भने कांग्रेस नराम्रोसँग पछाडि परेको छ । ०७४ मा ८ मध्ये ६ पालिका जितेको कांग्रेस अहिले २ वटामा सीमित हुन पुगेको छ ।०७४ मा कावासोती र गैँडाकोट नगरपालिका बाहेक देवचुली नगरपालिका, बुङदीकाली, बुलिङटार, मध्यविन्दु, विनयत्रिवेणी र हुप्सेकोट गाउँपालिका कांग्रेसले जितेको थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलेको गृहजिल्ला समेत रहेको नवलपुरमा अहिले भने कांग्रेसले गैँडाकोट नगरपालिका र हुप्सेकोट गाउँपालिका मात्र जित्न सफल रह्यो । बाँकी सबै पालिकामा एमालेले जित्दा कांग्रेस भने चार पालिका गुमाउन पुग्यो ।

साभार ढोरपाटनदैनिक

प्रकाशित मिति २०७९ जेठ ९ गते सोमबार ११:२६
प्रतिक्रिया दिनुहोस्