नागरिकको कर्तव्यप्रति नागरिकनै अनुदार देखिने देश नेपाल हो । अधिकार नछोड्ने तर दायित्व र कर्तव्य बिर्सने बानीको विकास भइरहेस् भन्ने नागरिक तहमा बढ्दो समस्या छ ।
त्यसो त, नागरिकलाई राज्य तहले प्रदान गरिनुपर्ने सेवा प्रवाह, त्यहाँको प्रशासनिक निकायका प्रतिनिधिहरुले आफ्नो नीजि सम्पत्ति प्रदान गर्न लागे जस्तो व्यवहार पनि कमी छैन । सेवा प्रवाह गर्नु राज्यको दायित्व हो र यसलाई सरल बनाइनुपर्नेमा त्यसका प्रतिनिधिहरुको तानाशाहीतन्त्र मरेको देखिन्न ।
यता नागरिकलाई सेवा होईन, दुःख र झण्झट प्रवाह गरिएका कारण नागरिक तहमा राज्य प्रतिको कर्तव्य बेखबर देखिन्छ ।
गत बर्षदेखि ढोरपाटन सिकार आरक्षले त्यहाँ प्रवेश गर्ने सर्वसाधारणलाई शसल्क लिने कार्यलाई सक्रिय बनाएपनि त्यो कर नागरिकलाई मुस्किलको बात बनेको छ । देशका अरु स्थानमा प्रवेश कर लिइन्छ । काठमाण्डौका पार्कमा छिर्दा कर तिर्ने गरेको नागरिकलाई थाहा नभएको होइन । चिडियाखाना छिर्दा टिकट काट्ने गरेको नागरिकलाई थाहा छ । सार्वजनिक शौचालय छिर्दा पैसा तिर्ने गरेका यिनै नागरिक हुन् । देशका अन्य निकुञ्ज र आरक्षण क्षेत्र प्रवेश कर तिर्ने पनि यिनै नागरिक हुन् ।
तर ढोरपाटनमा कर नतिरि छिरेका नागरिकलाई असहजता देखिएको पाइएको छ । राज्यको महत्वपूर्ण क्षेत्र हो भन्नेपनि थाहा छ । कानूनी हिसावले त्यहाँको प्रवेश कर यस अघिबाटै लागू हुन्थ्यो । मात्र गत वर्षबाट सुरु गरिनु त्यहाँको प्रशासकिन कमजोरी वा व्यवस्थापनमा ढिलासुस्ति होला । विदेशी नागरिक वा अन्य कारणले त्यहाँ पुग्ने सिकार पर्यटकहरु स्वदेशी/विदेशी सबैले ढोरपाटनमा कर तिर्ने गरेको कार्यालयले जनाएको छ ।
यद्यपी स्थानीयलाई अन्यको तुलनामा केही कम वा सो ठाउँका स्थानीय बसोवासीलाई कर छुट गरिनु पर्ला तर सबैलाई कर छुट गरिनु आवश्यक होईन । यो कुरा कानूनी व्यवस्था र त्यसले गरेको व्यवस्था हो । तर नागरकले तिरेको करको सही व्यवस्थापन, बाटो घाटो सहज बनाइनुपर्ने, पर्यटकीय क्षेत्रको प्रवर्धन र व्यवस्थापनमा लगानी हुनुपर्ने, स्थानीयलाई रोजगारी र सामाजिक उत्तरदासियत्वमा रकम खर्च भएको हुनुपर्ने देखिन्छ । स्थानीयलाई दःुख दिने वा झण्झटमा पार्ने काम आरक्षले गर्नु हुँदैन । नागरिक तहमा राज्य प्रतिको उत्तरदायित्व बढाउन सहजीकरण गर्ने र सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन सक्नुपर्दछ ।










