लामो समय भयो । बागलुङ जिल्ला सदरमुकाममा फोहोर र दुषित खानेपानी वितरण गरेर उपभोक्ताको स्वास्थ्यमा खेलवाड भइरहेको छ । खानेपानी उपभोक्ता समिति निर्माण गरिंदा वेस्वादको राजनीति गरियो । पदको उकालो चढेर उत्तानो परेकाहरुलाई लाज शरम भएन । जनताको आवाज उत्तेजित र आक्रेसित छ । समितिका ल्वाँठ पदाधिकारी, तलव भत्ताका सिकारी कर्मचारी र सरोकारवालाहरुलाई रत्यौलीको मख्खन हुल्याँई भइरहँदा उपभोक्ताहरु भने सामाजिक सञ्जालमा पत्रकारलाई समेत सुते भनेर गाली गलौजमा ओर्लन थालेका छन् ।
सकिन्छ त्यो पदमा बसेकाहरु काम गरेर देखाउनु । तलव खानेहरु घााटिमै अड्कने गरि होईन त्यही धमीलो पानीले भएपनि भुँडिसम्म बग्ने गरि घिच्नु तर काम तमाम गर्नु । जनतालाई गुह्हे पानी धारोमा खन्याएर लुतो पखला लाइदिने तिमी पदीय जिम्मेवारीमा रहेकाहरुलाई समेत तीन पूस्तालाई लुतो आउने गरि त्यो पदमा मरिहत्ते गर्नुको औचित्य के छ ? नसके त इमान्दार भएर उपभोक्ता भेला गरेर सकिएन सक्ने आउ भने हुन्न र ? यो कुरा उपभोक्ताको हो ।
अहिलेका उपभोक्ता समितिका मान्छे बजारका देख्ने हो भने बजारवासी गाग्रो, आमखोरो, बाल्टीले झट्टी छोड्नेसम्ममा पुगेका छन् । नाकमा ना्ज नभएकाहरु पदमा बस्ने र सार्वजनिक गाली गलौजको खपत सहेर लिसो टाँसिने बा बा तिम्रो निर्लज्ज पद ? स्यावास छ । तर मरेर जाँदा मलामी देख्न पाइदैन भनेर गरेको लिच्याई, उपभोत्ताको रसिद भराईबाट श्राद्धको पीठो पाइदैन कि भन्ने धुत्याई र नर्कमा यत्तिको गाली व्येईज्यति पाईदैन कि भन्ने छुच्याईले आसिन पद, मानक र तलवले जयजयकार होस् । अव त अचाक्लिी बन्द गरौ हुन्न र ? नत्र ल्वाँठहरुको रजाई भो त टोलटोलमा भनिसके के गरुम ?










