ढोरपाटनमा प्रत्येक वर्ष जनैपूर्णमा भेंडाको पाठा चढाईन्छ । पाठाको मुल्य अचाक्लि आफैमा छ । त्यो व्यापारीको हातमा रहेको कुरा राज्यको नजर र पहुँचमा पुग्दैन भन्दा के फरक पर्छ र । उता पाठाको मुढको टेन्डर र त्यसको व्पायार हेर्ने हो भने र्गाजात्रा देखिन्छ ।
यानिकि ढोरपाटनमा हरेक वर्ष पाठाको मुढ र भेटिको टेन्डर मालापोत कार्यालयबाट हुँदै आएको देखिन्छ । सामान्यतः २५ देखि ३० हजार बढिबढाउँमा पाठाको मुढको टेन्डर मागिन्छ । अफिसियल रुपमा त्यसो गरिएता पनि फिल्डमा अनुगमन र निरीक्षण हुँदैन । टेन्डर हाल्नेहरुले बढीमा ३५भन्दा बढ्दैनन् । तर फिल्डमा ६/७ लाखको बढिबढाउ कारोवार हुँदै आएको छ ।
भगवानको आस्था, विश्वास भरोसाको आँगनमा त यस्तो कृयाकलाप रोक्न नसक्ने राज्यले जनचासोको अनेकन सवालमा कहाँ कहिले कतिवेला नजर लगाउँ भ्याउँला ? मतलव तपाई बुझ्नुहुन्छ कि सरकारले नै भक्तजन ठग्न सहयोगी हुन्छ ।
स्थानीय सरकार व्यवस्थापन गर्न सक्थ्यो, मतलव छैन । अझ वडाको कार्यक्षेत्रमा उनीहरुकै सँग्लग्नता देखिने गरेको अलि अघिल्लो सालसम्म हो । यो कुरा त्यहींका स्थानीयले बात मारेका हुन्छन् । ढोरपालिकाख र बुर्तिबाङ अड्डा भएका सरकारलाई दुईचार मुढ भए पुग्छ रे । त्यो पनि अघिल्ताका टेन्डर लिएकाहरुको मुखौले कुरा हो ।
थिति त छैन, भएन नै तर वेथिति समेत लजाउने कारोवार आस्थाको ढोरवराह परिसरमा गर्नेहरु रगतबेचेर स्वर्ग जान्छन जाँदैनन् । ढोरवराह देवताले नै जानुुन् ।










