ग्यालेक्सी फोरके को चर्चित टेलिभिजन कार्यक्रम सिधा कुरामा सधै जसो देखिने रबी लामिछाने अब देखिने छैनन् । वर्षौंदेखि पर्दापछि रहेर सिधाकुरा कार्यक्रममा रिपोर्ट पढिरहने युवराज कँडेल अव पर्दा अघि, त्यो पनि सिधा कुराका साथ देखिने छन् ।
बागलुङबाट मोफसलको पत्रकारिता सुरु गरेका कँडेल, न्यूज २४ मा रबी लामिछानेका साथमा सिधा कुरा जनताको सञ्चालन टिममा काम सुरु गरे । ग्यालेक्सी टेलिभिजन सुरुभएपनि पनि सधै पर्दा पछिबाट बोलिरहने कँडेललाई अव सिधा कुरामा जनताले देख्न पाउने छन् ।
गत विहिबारको इपिरोडबाटै रबिले जनताको आसा, भरा्ेसा र विश्वास पाएको टेलिभिजन पत्रकारिता छाडेर राजनीतिबाट जनताको सेवा गर्ने बाचा सहित उक्त जिम्मेवारी कँडेलालाई सुम्पेर छाड्का छन् ।
प्रकाशित मिति २०७९ असार ३ गते शुक्रबार ०४:११