ढोरपाट शिकार आरक्ष क्षेत्रमा गत आर्थिक वर्ष देखि ढोरपाटन प्रवेश गर्ने आन्तरिक पर्यटकहरुको समेत रेकर्ड राखि शुल्क उठाउन थालिएको छ । ढोरपाटन प्रवेश स्थल देउरालीमा यसअघि बाह्य पर्यटकहरुले शुल्क तिरेर प्रवेश पाउने गरेकोमा गत आर्थिक वर्ष २०७७/०७८ आन्तरिक पर्यटकहरुले समेत रु.१०० प्रवेश शुल्क तिर्ने नियमलाई कडाई गरिएको ढोरपाटन शिकार आरक्षले बनाएको छ । यो नियमानुसार भएको र यस आर्थिक वर्षबाट नियमित संकलन थालिएको हो ।
शिकार आरक्षको अनुसार आर्थिक वर्ष २०७६/०७७ सम्म विदेशी पर्यटकको मात्रै रेकर्ड राख्दै आएको आरक्षणले गत आर्थिक वर्षदेखि स्वदेशी पर्यटकरुको समेत रेकर्ड राख्दै आएको छ । आर्थिक वर्ष ०७२/०७३ मा ९१ विदेशी पर्यटक भ्रमणका लागि आएको आरक्षमा, ०७३/०७४ मा १३९ विदेशी पर्यटक, ०७४/०७५मा ११९ विदेशी पर्यटक, ०७५/०७६ मा ४८० विदेशी पर्यटक र ०७६/०७७ मा ३२० विदेशी पर्यटक आएकोमा २०७७/०७८ मा विदेशी र स्वदेशी गरी ६ हजार ७०३ पर्यटक आएको रेकर्डमा उल्लेख छ ।
गत आर्थिक वर्ष ढोरपाटन आउने पर्यटकहरुबाट ६ लाखको हाराहारीमा शुल्क उठेकोमा यस आर्थिक वर्ष २०७७/०७८ मा २० लाख पुगेको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षक अधिकृत विरेन्द्र प्रसाद कंडेलले जानकारी दिए ।










