१५ बर्ष जनमोर्चाको पकडमा बागलुङ
जिल्ला समन्वय समिति बागलुङमा प्रमुख उपप्रमुखको आईतबार पदस्थापन गरिएको छ ।समन्वय समितिको कार्यालयमा प्रमुख अमरबहादुर थापा र उपप्रमुख होमनाथ शर्माको पदस्थापन गरिएको हो ।
पदस्थापन कार्यक्रममा बोल्दै समन्वय प्रमुख थापाले यहाँको विकास निर्माणका लागि तीन तहका सरकारबीच आवश्यक समन्वय गर्ने बताए ।
‘नेपालको संविधानले तीन तहको सरकार निर्माण गरेको छ, तर आपसी समन्वयको अभावमा केही समस्याहरु देखिएको बताउँदै थापाले, आफूले ति समस्या निवारण गर्न समन्वय गर्ने बताए ।
यस अघिपनि जनमोर्चाकै पोल्टामा रहेको जिल्ला समन्वय अहिलेपनि उसकै हातमा थामिएको छ । यसअघि जिल्ला विकास समिति रहँदा समेत जनमोर्चाका तर्फबाट लिला बहादुर थापा जिल्ला विकास समितिको सभापति थिए । १५ वर्ष हातमा जिल्लाको बागडोर समातेको जनमोर्चाले सत्ता हातपारेर के गर्को होला भन्ने आम मान्छेको चासो पनि छ । अव फेरि चार चार कार्यकाmल पार्टिका अध्यक्ष समेत रहेका थापा समन्वय प्रमुखमा निर्वाचित भइ पदभार ग्रहण गरेका छन् । बोल्दा बोले जसरी काम गर्छन वा कुर्सीका काउकुति मेटाउँछन् त्यो भने हेर्न वाँकी छ ।
अघिल्लो ५ वर्षको कार्यकाल विताएका राजेन्द्र ढुँगानाको ठोस योजना र कार्यान्वयमा न्यून भूमिकामात्र रह्यो । फट्टफुट् अनुगमनका भैमण गरे । नियमन, निगरानी र खबरदारीमा ठोस परिणाम भने निकालेका होईनन् ।
पदभार ग्रहणमा केही न केही नयाँ फण्डा दिने राजनैतिक धर्म हो । यसैबेला थापाले जिल्लामा समन्वय र सहकार्यको राजनीतिक संस्कार विकास हुँदै गएको भन्दै यसले सकारात्मक प्रतिफल दिने समेत विश्वास व्यक्त गरे । उनले काँग्रेससंग स्पष्ट बहुमत हुँदाहुँदै पनि आफूलाई प्रमुख दिएर गुन लगाएको कुरा समेत त्यहाँ बोल्न भ्याए । त्यसो मात्र होईन एक सिट जितेको एमालेले समेत सर्वसम्मत बनाएर गतिलो भूमिका खेलेको कुरा स्पष्ट गरे ।
कार्यक्रममा भूमि आयोग बागलुङका अध्यक्ष धर्मबहादुर कुँवर, नेकपा एमालेका जिल्ला अध्यक्ष हिराबहादुर केसी, नेपाली काँग्रेसका जिल्ला सदस्य जगन्नाथ आचार्य, नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर थापा शिखर, नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष लालबहादुर थापा, जनता समाजवादी पार्टीको ज्ञानु थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन शाखा अधिकृत नारायण कार्कीले गरेका थिए ।










