जिल्लाको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ ।
उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ । पालिकाले वडा न.३ मा रहेको एक घर भाडामा लिएर बालगृह सञ्चालनमा ल्याएको हो ।
गाउँपालिका भित्र हाल त्यस्ता १६ जना बालबालिका रहेको गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताए । गाउँपालिका अध्यक्ष बुढामगरले कोही पनि बालबालिका राज्य विहीन नहुन भन्ने उद्धेश्यले असहाय बालबालिकाको अभिभावकत्व ग्रहण गरेको उल्लेख गरे ।
बालगृहमा रहेका बालबालिकालाई कक्षा १२ सम्म निशुल्क पठनपाठनको समेत व्यवस्था गरिनेछ । बालगृहमा रहने बालबालिकालाई कुनै पनि कुराको अभाव नहुने गरि प्रबन्ध मिलाईने बुढाको भनाई छ ।
प्रकाशित मिति २०७९ असार १५ गते बुधबार ०६:४९