कालोपत्रे गरिएको एक महिना नपुग्दै मध्यपहाडि लोकमार्ग भताभुँङ्ग देखिएको छ । जिल्ला सदरमुकाम बागलुङहुँदै जिल्लाको पश्चिम पुग्ने सडकको अक्षेते—घोंडाबाँधे खण्डमा कालोपत्र सुरुभएको केही महिना भयो । अधिल्लो जेठको अन्तिम सातासम्म कालोपत्रै भएको सडक अहिले भत्केर विजोग छ ।
राज्यकोषको दुरुपयोग वा सदुपयोग सम्बन्धित निकाय बोल्नु पर्ला । उनीहरुको मुख अझै उप्केको छैन तर कालोपत्रै उप्कने, बग्ने सबै भैसक्यो । ठेकेदारले कमसल सामाग्री प्रयोग गरेको सडकले बोल्यो । अव ठेकेदार र देशको सार्वजनिक सम्पक्ति संरक्षकनिकायले कस्तो मुख खोल्छ भन्नेमा जनताको कान टाँठ्ठिएका छन् ।
बागलुङ सदरमुकामदेखि बिहुँसम्मखण्ड कालोपत्रे गर्न बाँकी रहेपनि बिहुँहुँदै गलकोट–बडिगाड–बुर्तिबाङसम्मको खण्ड २०७२ सालमा कालोपत्रे सम्पन्न भएको थियो । त्यस ठाउँका अधिकाँस स्थानमा कालोपत्रे गरिएको नगरिएएको अत्तोपत्तो छैन । जहाँ करोडौको क्षति भएकै छ । यता नयाँ कालोपत्रेले समेत ठेकेदार र सम्बन्धित निकाएको औकात देखाइदिएको छ । नेपालको विकास निर्माण प्रक्रिया र अवस्थाको ऐना हेराइदिएको छ ।










