नेकपा माओवादी समर्थित एकीकृत अखिल नेपाल शिक्षक संगठनका गण्डकी प्रदेश कमिटि सदस्य तथा बागलुङ जिल्ला उपाध्यक्ष सूर्य बहादुर महतले नेकपा माओवादीले बाटो विराएकाले आफू एमालेमा पसेको बताए ।
एमाले प्रवेश गर्दै महतले राष्ट्रियता, जनजिविका लगायत विपन्न वर्गका जनताको उन्नती प्रगतिका विषयमा माओवादी केन्द्र चुकेको आरोप समेत लगाए । यसबाट पार लाग्न नसक्ने भएकाले गलत बाटो त्यागेको उनको दावी थियो ।
माओवादी छोडेर एमाले प्रवेश गरेका महतलाई एमाले केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्याल, पार्टीका पोलिटव्यूरो सदस्य तथा खेलकूद विभाग प्रमुख लिला बहादुर थापा, पोलिटव्यूरो सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज मन कुमारी जिसी केसी लगायतले स्वागत गरेका थिए ।
प्रकाशित मिति २०७९ असार १५ गते बुधबार ०७:१७