निसीखोलामा चिप्लिएर वृद्धको मृत्यु

निसीखोलामा चिप्लिएर वृद्धको मृत्यु
२०७९ असार १६ गते बिहिबार ०८:५९

बागलुङको निसीखोला गाउँपालिकामा एक वृद्धको दाउराको भारी बोकेर हिड्ने क्रममा चिप्लिएर मृत्यु भएको छ । निसीखोला गाउँपालिका वडा नम्बर १ हर्पे बस्ने ७० वर्षीय रणबहादुर विक आफ्नै घरदेखि एक किलोटिमर पूर्वमा रहेको गोठबाट दाउरा बोकि...

बागलुङको निसीखोला गाउँपालिकामा एक वृद्धको दाउराको भारी बोकेर हिड्ने क्रममा चिप्लिएर मृत्यु भएको छ ।

निसीखोला गाउँपालिका वडा नम्बर १ हर्पे बस्ने ७० वर्षीय रणबहादुर विक आफ्नै घरदेखि एक किलोटिमर पूर्वमा रहेको गोठबाट दाउरा बोकि घर आउने क्रममा चिप्लिदा प्लाष्टिकको डोरी घाँटीमा अड्कि पासो लाग्न पुगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

बुधबार साँझ दाउरा ल्याउन जानुभएका विक अबेर सम्म घर नआएपछि प्रहरीको सहयोगमा आज बिहान मृत अवस्थामा फेला पर्नुभएको हो ।

प्रकाशित मिति २०७९ असार १६ गते बिहिबार ०८:५९
प्रतिक्रिया दिनुहोस्