ढोरपाटनको बेरुजु कम भएकोमा गठबन्धनको चिन्ता

ढोरपाटनको बेरुजु कम भएकोमा गठबन्धनको चिन्ता
२०७९ साउन २ गते सोमबार ०७:०९

ढोरपाटन नगरपालिकामा बेरुजु बढेपछि एकाएक राजनैतिक वृत्त तताएका स्थानीय राजनैतिक गठबन्धन दलहरु पछिल्लो आर्थिक वर्षको बेरुजु कम आएकोमा चिन्ता व्यक्त गरेका छन् । नगरको स्थानीय सरकारमा बहुमत रहको गठबन्धनलाई नगरप्रमुख र केही वडामा...

ढोरपाटन नगरपालिकामा बेरुजु बढेपछि एकाएक राजनैतिक वृत्त तताएका स्थानीय राजनैतिक गठबन्धन दलहरु पछिल्लो आर्थिक वर्षको बेरुजु कम आएकोमा चिन्ता व्यक्त गरेका छन् । नगरको स्थानीय सरकारमा बहुमत रहको गठबन्धनलाई नगरप्रमुख र केही वडामा हार व्यहोर्नुपरेपछिको पीडासँगै बेरुजु कम भएकोमा बैठककै चिन्ता व्यक्त गरिएको गठबन्धन दलका एक नेताले बताए ।

६ करोड २५ लाख नगरको बेरुजुदेखिंदा जो खालको जोस जाँगर विरोधको राजनीति गर्दा हुन्थ्यो, त्यो अव कमहुनेमा उनीहरुको चिन्ता देखिएको ति नेताले बताए । उनका अनुसार राजनीतिमा सकरत्मक कुरा स्वीकारर्न नेताहरुलाई गाह्रो हुनेकुरा उनले बताए । अहिले नगरको बेरुजु घटेर आएपछि पुरानो राजनैतिक एजेण्डा कमजोर भएको समेत उनीहरुको चिन्ता रहेको देखिएको ति नेताले बताए । महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५९ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक बर्ष ०७७र०७८ मा मात्रै बागलुङका दश स्थानीय तहमा २० करोड ९७ लाख ४८ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

उक्त आर्थिक बर्षमा बागलुङको काठेखोला गाउँपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको छ । काठेखोला गाउँपालिकामा ३।५० प्रतिशत रकम बेरुजु रहेको महालेखाले औल्याएको छ । काठेखोलाको कुल खर्च बजेटमध्ये ४ करोड १५ लाख ६२ हजार रुपैयाँ बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

गाउँपालिकाका अनुसार नमुना विद्यालयको रुपमा अमर माविको भवन तथा संरचना बनाउनका लागि भएको भुक्तानी रकम १ करोड ५० लाख बेरुजु देखिएको छ । त्यस्तै वडा कार्यालय भवन निर्माण गर्दा उपभोक्ता समितिमार्फत काम भएको भन्दै निर्माण खर्चलाई बेरुजुमा उल्लेख गरिएको प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्कीले बताए ।

जिल्लामा सबैभन्दा कम बेरुजु बडिगाड गाउँपालिकाको छ । बडिगाडको १ करोड ४७ लाख ४ हजार अर्थात् जम्मा खर्चको १।२६ प्रतिशत रकम बेरुजु रहेको महालेखाको प्रतिबेदनमा उल्लेख छ । बागलुङ नगरपालिकाको २ करोड ६६ लाख २६ हजार अर्थात १।३३ प्रतिशत, गलकोट नगरपालिकाको २ करोड ४५ लाख २१ हजार अर्थात् कुल खर्चको १।७५ प्रतिशत, जैमिनी नगरपालिकाको २ करोड १ लाख ३१ हजार अर्थात् कुल खर्च रकमको १।३० प्रतिशत र ढोरपाटन नगरपालिकाको १ करोड ५३ लाख ६९ हजार अर्थात कुल खर्चको १।५२ प्रतिशत रकम बेरुजु देखिएको छ ।

जिल्लाको निसीखोला गाउँपालिकाको २ करोड १९ लाख ११ हजार अर्थात कुल खर्चको २।४९ प्रतिशत, ताराखोला गाउँपालिकाको १ करोड ९६ लाख ३४ हजार अर्थात् कुल खर्चको २।४० प्रतिशत, बरेङ गाउँपालिकाको १ करोड ४० लाख ५५ हजार अर्थात् कुल खर्चको १।७३ प्रतिशत र तमानखोला गाउँपालिकाको १ करोड १२ लाख ३५ हजार रुपैयाँ अर्थात् कुल खर्चको १।७९ प्रतिशत बेरुजु रहेको महालेखाले उल्लेख गरेको छ ।

बागलुङको ढोरपाटन, जैमिनी र बागलुङ नगरपालिकाले बिगतका बर्षभन्दा आर्थिक बर्ष २०७७÷०७८ मा बेरुजुको अवस्थामा सुधार ल्याएका हुन् । ढोरपाटन नगरपालिकाको गत बर्ष सार्वजनिक प्रतिवेदनमा ६ प्रतिशतभन्दा धेरै बेरुजु थियो भने बागलुङ नगरपालिकाको बेरुजु ४ प्रतिशतको हाराहारीमा थियो ।

५९ औं प्रतिवेदनले उल्लेख गरेअनुसार असुल गर्नुपर्ने भन्दा धेरै बेरुजु प्रक्रिया नपुगेका कारणले देखिएको छ । उपभोक्ता समितिमार्फत हुने काम, कार्यालय सञ्चालन, कर्मचारीको प्रोत्साहन तथा नियुक्ती लगायतका शिर्षकमा समेत स्थानीय तहमा बेरुजु रहेको महालेखाले औल्याएको छ ।

प्रकाशित मिति २०७९ साउन २ गते सोमबार ०७:०९
प्रतिक्रिया दिनुहोस्