पोखराको सराङकोटबाट होटल संचालक गाँजा सहित समातिए

पोखराको सराङकोटबाट होटल संचालक गाँजा सहित समातिए
२०८१ असोज ७ गते सोमबार ०९:२४

पोखराबाट अबैध लागू औषध सहित एक जना होटल संचालकसहित तीन जना पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटमा होटल संचालन गर्दै आएका ३५ वर्षीय मनिष श्रेष्ठसहित तीन जना अबैध लागू औषधसहित पक्राउ परेका हुन्। पोखरा २ मिरुवा...

पोखराबाट अबैध लागू औषध सहित एक जना होटल संचालकसहित तीन जना पक्राउ परेका छन्।

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटमा होटल संचालन गर्दै आएका ३५ वर्षीय मनिष श्रेष्ठसहित तीन जना अबैध लागू औषधसहित पक्राउ परेका हुन्।

पोखरा २ मिरुवा स्थायी घर भएका होटल संचालक श्रेष्ठलाई उनको होटलबाट करीब पौने तीन किलो (दुई किलो ७२५ ग्राम)गाँजा सहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका श्रेष्ठले उक्त परिमाणको गाँजा म्याग्दीको मालिका गाउँपालिका वडा नं. २ रुमका २३ वर्षीय अजय पुनले ल्याएको बयान दिए पछि पुनसमेतलाई पक्राउ गरेर कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पांच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

यसैगरी पोखरा बागलुङ्ग राजमार्गको कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं.०५ नयाँपुल स्थित सडक खण्डबाट अबैध लागू औषध Tramadol Hydrochloride Capsules 50 mg OPIDOL नाम उल्लेख भएको कुल २० पत्ता समेत जम्मा २१० चक्की सहित पर्वत कुश्मा नगरपालिका वडा नं.०२ अर्मादी बस्ने बर्ष २२ को बिशाल राईलाई पक्राउ गरिएको छ। उनलाई प्रहरी चौकी नयाँपुल कास्कीबाट खटिएको प्रहरी टोलीले चेकजाँज गर्ने क्रममा उक्त परिमाणको लागू औषधसहित नयाँपुलबाट समातिएको प्रहरिले जनाएको छ। अभियुक्त पुनलाई पनि कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पांच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति २०८१ असोज ७ गते सोमबार ०९:२४
प्रतिक्रिया दिनुहोस्