सर्जक लामिछानेको नगरपालिका बोलको गीत सार्वजनिक

सर्जक लामिछानेको नगरपालिका बोलको गीत सार्वजनिक
२०८१ असोज १७ गते बिहिबार ०८:५९

निर्मल पौडेल पर्वत,१७ असोज/  गीतकार तथा सर्जक शंकर लामिछानेको कुश्मा नगरपालिका र बाग्लुङ नगरपालिका बोलको गित सार्वजनिक गरिएको छ। आज पर्बतको कुश्मामा एक कार्यक्रमको आयोजना गरि सार्बजनिक गरिएको हो । कुश्मा पर्बतमा जन्मेर लामो समय...

निर्मल पौडेल पर्वत,१७ असोज/  गीतकार तथा सर्जक शंकर लामिछानेको कुश्मा नगरपालिका र बाग्लुङ नगरपालिका बोलको गित सार्वजनिक गरिएको छ। आज पर्बतको कुश्मामा एक कार्यक्रमको आयोजना गरि सार्बजनिक गरिएको हो । कुश्मा पर्बतमा जन्मेर लामो समय अष्ट्रेलियामा बसोबास गर्दै आएका भएका लामिछानेले यस पटक आफ्नो ठाउँको चिनारी विश्वसामु पुगोस भन्ने हेतुले कुश्मा नगरपालिका बाग्लुङ नगरपालिका वोलको गित सार्बजनिक गरिएको बताए।

सर्जक लामिछानेले यस अघि लोकप्रिय चलचित्र किन लाग्छ माँया,सामाजिक चलचित्र ए नेपाली हो सावधान,बोक्सी,बहुचर्चित गित झुक्कायो एनाले लगायत दर्जनौं सृजनाहरु दर्शक श्रोता सामु पस्केका छन ।यस्तै आफ्नै ठाउँ दुर्लुङ भुमेकोट बोलको गितको म्युजिक भिडियो पनि छिट्टै सार्बजनिक गर्ने लामिछानेले बताए। कुश्मा नगरपालिका र बागलुङ नगरपालिका बोलको गित पर्बत र बागलुङका पर्यटकिय धार्मिक मनोरम स्थानमा छायांकन गरिएको छ ।

गितमा शव्द संगीत लामिछाने आफैले भरेका छन। गितमा चर्चित गायक सुरज श्रेष्ठ,गायिका सिम्रन परियारले आवाज भरेका छन । अहिलेका व्यस्त निर्देशक अर्जुन थापाले निर्देशन गरेको म्युजिक भिडियोको छायांकन रोहित पाण्डेले गरेका छन।भिडियोको सम्पादन नेत्र गुरुङ,कोरियो ग्राफी विशाल नेपाली अभिनय ज्योती परियार र विशाल नेपाली लगायतले गरेका छन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी अन्तरास्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष पुरन गिरिले सर्जक शंकर लामिछाने वास्तबमा निश्चल हृदय भएको सामाजिक अभियन्ता भएको र यसरी आफ्नो ठाउँको पहिचानका लागि कला मार्फत लागेको भन्दै खुलेर प्रशंसा गरे । गिरिले पर्बतमा रहेर कलाकारिता गर्ने कलाकारलाई अन्तर्राष्ट्रिय पर्वत समाजले सदैव माया गर्ने बताए।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल पर्बतका अध्यक्ष पुजा कार्की शर्मा,लोक गायक तथा सन्चारकर्मी कृष्ण अखेली,पत्रकार माहसंघ पर्बतका सचिब राजबाबु पिसि लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा सर्जक लामिछानेको जीवनीको बारेमा शताब्दी घरका संरक्षक आरके अदिप्त गिरिले प्रष्ट्राएका थिए। फुलराज लामिछानेको अध्यक्षतमा सम्पन्न कार्यक्रममा निर्देशक अर्जुन थापा मगरको स्वागत मनतव्य व्यवस्थापन सुरेस रेग्मी र सन्चालन दिपेश बि पोख्रेलले गरेका थिए।

गीतको भिडियो

प्रकाशित मिति २०८१ असोज १७ गते बिहिबार ०८:५९
प्रतिक्रिया दिनुहोस्