फेवा शिक्षा सदनमा बार्षिक खेलकुद कार्यक्रम सुरु

फेवा शिक्षा सदनमा बार्षिक  खेलकुद  कार्यक्रम सुरु
२०८१ असोज १८ गते शुक्रबार ०८:०८

पोखरा असोज १८/ फेवा शिक्षा सदनमा बार्षिक कार्यक्रम अन्तरगर्त खेलकुदका कार्यक्रमहरु शुक्रबारबाट सुरु भएको छ । पोखरा महानगरपलिका वडा नम्बर ४ गणेशटोलमा रहेको स्कुलमा प्रि–नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले प्रतियोगितामा...

पोखरा असोज १८/ फेवा शिक्षा सदनमा बार्षिक कार्यक्रम अन्तरगर्त खेलकुदका कार्यक्रमहरु शुक्रबारबाट सुरु भएको छ । पोखरा महानगरपलिका वडा नम्बर ४ गणेशटोलमा रहेको स्कुलमा प्रि–नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएको विद्यालयका प्राचार्य अचुत पाण्डेले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रि– नर्सरीदेखि युकेजी सम्मका बिद्यार्थीहरुका लागि बेलुन फुटाउने, स्वीट रेस, हट पोटेटो, ५० मिटर दौड, स्पोन रेस लगायतका खेल समावेश गरिएको छ । त्यस्तै कक्षा १ देखि १० सम्मका बिद्यार्थीहरुका लागि फुटबल, बास्केटबल, टि. टि., कुर्सी दौड, रस्साकसी, घैटो फुटाउने, रिले दौड, १००/२००/४००/८०० मिटर दौड, लगाएतका खेलहरु समावेस गरिएको प्राचार्य पाण्डेले खुलाउनुभयो ।

कार्यक्रमको उदघाटन गद प्राचार्य पाण्डेले विद्यार्थीहरुलाई स्वस्थ र अनुशासनको पुर्ण मर्यादामा रहि प्रतिस्पर्धात्मक खेलमा समावेश हुन सुझाव दिनुभएको थियो । त्यस्तै कार्यक्रममा सह–प्राचार्य प्रमोदराज पाण्डेले खेलकुदको बारेमा बोल्नुभएको थियो ।विद्यालय ब्यबस्थापन समिति अध्यक्ष शुशिला शर्मा पाण्डेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा एकेडेमिक डिन सुमन आचार्य, एड्मिन इन्चार्ज यज्ञराज पौडेलले सहजीकरण गर्नुभएको थियो । प्रतियोगिताको ब्यबस्थापन बिधालयका अतिरिक्त क्रियाकलाप प्रमुख सन्तोष रानाभाट, लगायत सम्पुर्ण शिक्षक तथा कर्मचारिले गर्नुभएको हो ।

प्रकाशित मिति २०८१ असोज १८ गते शुक्रबार ०८:०८
प्रतिक्रिया दिनुहोस्