पोखरामा पानीको मूल्य बढी लिने पोखराको रेस्टुरेन्टलाई २ लाख जरिवाना

पोखरामा पानीको मूल्य बढी लिने पोखराको रेस्टुरेन्टलाई २ लाख जरिवाना
२०८१ असोज २३ गते बुधबार १०:२५

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको लेकसाइडस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एन्ड बारलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । अधिकतम खुद्रा मूल्य भन्दा रकम लिएर ग्राहकमाथि ठगफ गरेको उजुरीपछि जिल्ला प्रशासन कार्यालय कास्कीले...

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको लेकसाइडस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एन्ड बारलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

अधिकतम खुद्रा मूल्य भन्दा रकम लिएर ग्राहकमाथि ठगफ गरेको उजुरीपछि जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार कारवाही गरेको हो ।

कम्पनीले तोकेको अधिकतम मूल्य भन्दा बढी मूल्य लिई बिक्री गरी उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड ख बमोजिम उक्त जरिवाना गरिएको प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार उक्त रेष्टुरेन्टले एक बोतल प्रशोधित पानीलाई सय रुपैयाँमा बिक्री गरेको प्रशासनलाई बिलसहित उजुरी परेको थियो । उजुरीपछि छानबिन गर्दा बढी मूल्य लिएको पाइएपछि कारवाही स्वरुप जरिवाना र कम्पनीले तोकेको अधिकतम मूल्य भन्दा बढी मूल्यमा सामाग्री बिक्री नगर्न निर्देशनसमेत दिइएको छ ।

प्रकाशित मिति २०८१ असोज २३ गते बुधबार १०:२५
प्रतिक्रिया दिनुहोस्