जिम्मेवारीबाट कोही पनि भाग्न मिल्दैन जिसस प्रमुख :लिलाधर पौडेल

जिम्मेवारीबाट कोही पनि भाग्न मिल्दैन जिसस प्रमुख :लिलाधर पौडेल
२०८१ कार्तिक ९ गते शुक्रबार ०७:०५

कार्तिक ९ ,पोखरा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा भएको कास्की यातायात क्षेत्रमा देखिएका विभिन्न सवाल , जवाफ , चुनौति र सामानाको बिषयमा सरोकारवालाहरूसँग गरिएको छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा जिल्ला समन्वय...

कार्तिक ९ ,पोखरा

जिल्ला समन्वय समिति कास्कीको आयोजनामा भएको कास्की यातायात क्षेत्रमा देखिएका विभिन्न सवाल , जवाफ , चुनौति र सामानाको बिषयमा सरोकारवालाहरूसँग गरिएको छलफल कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गमलामा सारेको फूललाई जलार्पण गर्दै कार्यक्रम उद्घाटन गर्नुभएको थियो आज भएको कार्यक्रममा विशेषगरी यातायातसँग सरोकार राख्ने सम्पूर्ण पक्षलाई आमन्त्रण गरिएको भए पनि कार्यान्वयन गर्ने जिम्मेवार निकाय कास्की जिल्ला प्रहरी कार्यालय, कास्की जिल्ला ट्राफिक कार्यालय ,जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरपालिकाको उपस्थिति सुन्यहुदा ज्यादै दुःख लागेको बताउनु भयो।

आर्थिक मामिला मन्त्रालयका उपसचिव डिल्लीराज रिजालले यातायातको विषयमा राख्नुभएको प्रस्तुति धेरै विषयहरूलाई समेटेको भएपनि केही कुराहरू अझै केही कुराहरू छुटेको बताउनु भएको थियो।

सहर बजारमा गुड्ने गाडीहरूले कति धुवा फाल्छन् जेष्ठ नागरिक र बिभिन्न खालका अपाङ्गता भएका व्यक्तिहरूलाई कुन गाडीले रोक्छ कुन गाडीले रोक्दैन र कुन गाडीको स्टाफले कस्तो व्यवहार गर्छ भन्ने विषयमा नेपाल सरकारले मूल्याङ्कन गर्नको लागि पक्कै पनि जिम्मा दिएको हुन्छ भन्दै त्यो निकायले किन त्यस्ता गाडीहरुलाई समयसमयमा सही मूल्याङ्कन गरी कारबाहीको कठाघरामा उभ्याउन सक्दैन भन्दै उपस्थित हुनुभएका सबैलाई आफ्नो काम कर्तव्य के हो भन्ने हेक्का राख्नुपर्छ भन्नुभयो।

सुशासन भनेको आफैँबाट सुरु गर्नुपर्छ भन्दै आफू पनि जनप्रतिनिधि भएको र आफूले जनताको काम गर्नको लागि कहीँ पनि कुनै कसर बाँकी नराखेको भन्ने विषय छातीमा हात राखेर आफैले आफैलाई सो मूल्याङ्कन गर्नुपर्छ भन्दै कार्यालयका हरेक प्रमुख हरेक कर्मचारीहरुले आफ्नो जिम्मेवारीबाट भाग्न मिल्दैन भन्नुभयो।

अहिले मानिसहरूमा आफ्नो अधिकार मात्र खोज्ने प्रवृत्ति बढेको हुनाले आफ्नो अधिकार खोज्दा आफूले पनि अरुलाई अधिकार दिएको छु कि छैन भन्ने विषयबाट पनि टाढा रहनु हुँदैन। भन्दै एकले गरेको कामले अर्कोलाई बाधा पुर्याउनु हुँदैन भन्नुभयो।

आजको यस छलफल प्रतिक्रिया सुनिरहदा कुनै पनि कार्यालयले इमान्दारिताको साथ जनताको समस्यालाई नजिकबाट बुझ्न नसकेको बुझिएको हुनाले सरोकारवाला कार्यालयहरू र त्यसमा काम गर्ने कर्मचारीहरु जनप्रतिनिधिहरु सबैले आफ्नो कर्तव्य बोध गर्दै अगाडि बढ्नुपर्ने प्रष्ट बुझ्न सकिन्छ भन्दै सबैले आआफ्नो जिम्मेवारीलाई कर्तव्य पुरा गर्नुपर्छ अन्यथा जनताले अब कसैलाई पनि सुख दिने छैनन्न भन्नुभयो।

जिल्ला समन्वय समिति कास्कीले जनताका हरेक समस्याहरूलाई जस्ताको तस्तै सम्बन्धित निकाय र सम्बन्धित सरोकारहरूवाला हरूसग प्रत्यक्ष रूपमा छलफल गराई उहाँहरूको बिचमाआउने समस्या ,समाधान र चुनौतीहरूलाई सबैका सामु पुर्‍याउँदै अनुगमन मूल्याङ्कन गरि सम्बन्धित निकायहरूलाई झक्झक्याउने काम गरिरहेको बताउनुभयो।

यातायातको विषयमा छलफल भएको कार्यक्रम हुँदा यातायात व्यवसायीहरूप्रति लक्षित हुँदै यातायात व्यवसायी हरूले बसको सिट क्षमता भन्दा बढी यात्रु किन चढाउने रु धुवा बढी फाल्ने गाडी राम्रोसँग मर्मत किन नगर्ने रु जेष्ठ नागरिकहरू लाई सम्मानपूर्वक गाडी रोकेर किन नचढाउने रु बिभिन्न अपाङ्गता भएका व्यक्तिहरू लाइ गाडीमा चढाउन किन झन्झट मान्ने रु वास्तविक विद्यार्थीले पाउने सहुलियत लाई किन दिन कन्जुसाई गर्ने रु लाइसेन्स दिने कार्यालयले किन राम्रोसँग लाइसेन्स दिन नसक्ने भन्दै सबै कार्यालय हरू सबै व्यवसायीहरू सबै नागरिक सबै आआफ्नो ठाउँबाट जिम्मेवार बन्दै असल नागरिक बन्नुपर्ने बताउनुभयो।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यातायातसँग सरोकार राख्ने नागरिक समाज विभिन्न यातायात व्यवसायी सङ्घ संगठनहरू विद्यार्थी संगठनका प्रतिनिधिहरू बीमा संस्थान लाइसेन्स शाखा यातायात शाखा अपाङ्गता भएका व्यक्तित्वहरू जेष्ठ नागरिक हरू लगायतको उपस्थितिमा भएको कार्यक्रम को स्वागत उप प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो।

प्रकाशित मिति २०८१ कार्तिक ९ गते शुक्रबार ०७:०५
प्रतिक्रिया दिनुहोस्