दिल्ली उड्न लागेको एयर इण्डियाको विमानमा बमको सूचना, चेकजाँच गरिँदै

दिल्ली उड्न लागेको एयर इण्डियाको विमानमा बमको सूचना, चेकजाँच गरिँदै
२०८१ कार्तिक १२ गते सोमबार ०६:३९

काठमाडौँबाट दिल्ली फर्किन लागेको भारतीय वायुसेवा एयर इण्डियाको विमानमा बम राखेको सूचना आएपछि सुरक्षा जाँच गर्न लागिएको छ । एआई २१६ उडान नम्बरको एयर इण्डियाको यस विमानबाट दिल्ली १५८ यात्रु चढीसकेको अवस्थामा बमको सूचना आएपछि...

काठमाडौँबाट दिल्ली फर्किन लागेको भारतीय वायुसेवा एयर इण्डियाको विमानमा बम राखेको सूचना आएपछि सुरक्षा जाँच गर्न लागिएको छ ।

एआई २१६ उडान नम्बरको एयर इण्डियाको यस विमानबाट दिल्ली १५८ यात्रु चढीसकेको अवस्थामा बमको सूचना आएपछि सुरक्षाकर्मीले सबै यात्रुलाई बेग्लै राखेर जाँच गरेका हुन् । जाँचका लागि प्रहरीले कुकुरसमेत परिचालन गरेको छ ।

सोमबार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको विमानमा बम रहेको सुचनापछि प्रहरी, नेपाली सेनाले सुरक्षा जाँचका लागि विमानलाई नियन्त्रणमा लिएको थिए ।

बमको सूचना भने दिल्लीमा रहेको एयर इण्डियाको कार्यालयबाट काठमाडौं विमानस्थलमा आएको बताइएको छ ।

यसअघि अघिल्लो साता पनि भारतको भिस्तारा एयरको विमानमा बमको सूचना प्राप्त भएको थियो । तर पछि चेकजाँच गर्दा बम रहेको सूचना झुटो बनेको थियो ।

 

प्रकाशित मिति २०८१ कार्तिक १२ गते सोमबार ०६:३९
प्रतिक्रिया दिनुहोस्