लागू औषध बेचबिखनमा संलग्न डाक्टर कोइराला पोखराबाट पक्राउ

लागू औषध बेचबिखनमा संलग्न डाक्टर कोइराला पोखराबाट पक्राउ
२०८१ कार्तिक १२ गते सोमबार ०६:४९

पोखराबाट एक जना डाक्टर लागू औषध बेचबिखनमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटन घर भएका डा. शास्वत कोईराला लागू औषध बेचबिखनमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्। डा. कोइरालाले हाँकेको...

पोखराबाट एक जना डाक्टर लागू औषध बेचबिखनमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटन घर भएका डा. शास्वत कोईराला लागू औषध बेचबिखनमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्।

डा. कोइरालाले हाँकेको ग ३ प ९७४४ नम्बरको कार पोखरा महानगरपालिका वडा नं.१२ परिवार नियोजनको कार्यालय अगाडी सडक खण्डमा चेकजांच गर्ने क्रममा उनको कारबाट अबैध लागू औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलिले उक्त कारबाट OPOTAB 50 Tapentadol Tablets लेखिएको लागू औषध चार सय चक्की तथा र निजको घरबाट एकसय ६० चक्की लागू औषध बरामद गरेको प्राप्त समाचारमा जनाइएको छ।

अभियुक्त डा. कोइरालाबिरुद्ध लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।

यसैगरी नवलपरासी (पुर्व) मध्येविन्दु नगरपालिका वडा नं. ३ लेडा स्थायी वतन भई हाल पोखरा महानगरपालिका वडा नं. १० हस्पिटल चोक बस्ने वर्ष २४ को संजय चौधरी OPOTAB 50 Tapentadol Tablets लेखिएको लागू औषध एकहजार तीन सय चक्कीसहित पोखरा १२ उपकारमार्गबाट शुक्रबार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्की तथा लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलिले उपकारमार्गमा गरेको चेकिङ्गका क्रममा चौधरीले चलाएको ग ९ प ८४७२ नम्बरको मोटरसाइकल चेक गर्दा उक्त परिमाणको लागू औषधसहित चौधरीलाई पक्राउ गरिएको प्रहरीको दाबी छ।

अभियुक्त चौधरी विरुद्ध लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८१ कार्तिक १२ गते सोमबार ०६:४९
प्रतिक्रिया दिनुहोस्