सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा भइरहेको छ कारोबार ?
२०८१ कार्तिक १३ गते मङ्गलबार १२:००

आज सुनको मूल्य नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा १५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको छ । यो सुनको अहिलेसम्मको उच्च मूल्य हो । यसअघि सोमबार सुन तोलाको...

आज सुनको मूल्य नयाँ कीर्तिमान कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा १५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको छ । यो सुनको अहिलेसम्मको उच्च मूल्य हो । यसअघि सोमबार सुन तोलाको एक लाख ६७ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर २१०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति २०८१ कार्तिक १३ गते मङ्गलबार १२:००
प्रतिक्रिया दिनुहोस्