कालीकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

कालीकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
२०८१ कार्तिक २५ गते आईतबार ०५:०८

कालिकोट जिल्लाको पलाता गाउँपालिका– ३ को राडुकाप्रे खोलामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा ९ जना घाइते भएका छन्। आइतबार दिउँसो साढे २ बजे बोलेरो जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी...

कालिकोट जिल्लाको पलाता गाउँपालिका– ३ को राडुकाप्रे खोलामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा ९ जना घाइते भएका छन्।

आइतबार दिउँसो साढे २ बजे बोलेरो जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक गोबिन्द प्रसाद चौधरीले जानकारी दिए। उक्त गाडी सडकबाट लगभग डेढ सय मिटर तल खसेको प्रहरीले बताएको छ। घाइतेहरूको उद्धारका लागि सुर्खेतबाट हेलिकोप्टर पुगेको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति २०८१ कार्तिक २५ गते आईतबार ०५:०८
प्रतिक्रिया दिनुहोस्