पोखरा महानगरपालिका वडानम्बर २१ दोबिल्लाघाटमा १०८ धारासहतिको शिव मन्दीरको शिलान्यास गरिएको छ । देवघाट महेश्वरधाम, हरिहरगुफा एवम् नर्वदेश्वर मन्दीर सन्यास आश्रमधामका पीठाधीश डा. स्वामी श्री १००८ आत्मनन्द गिरी महाराज जीले एक कार्यक्रमकाबिच मन्दीरको शिलान्यास गरेका हुन् ।
दोबिल्लाघाटलाई धार्मिक स्थलको रुपमा विकास गर्ने दोबिल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिको योजना अनुसार घाटमा शिव मन्दीरको शिलन्यास गरिएको हो । उक्त घाटमा यस पहिले शवदाहस्थल व्यवस्थित गर्न मलामीको लागि बिश्राम स्थल, अन्त्यष्टिका लागि आवश्यक दाउदा र दाउदा राख्ने गोदामघर निर्माण, बृक्षारोपण र तारवार लगाइएको थियो ।
मन्दीरको शिलान्यास गदै धर्मगुरु गिरीले सेती नदिको किनारमा बगरको रुपमा रहेको सार्वजनिक जमिन पवित्र धार्मिक क्षेत्रका लागि उपयुक्त स्थल रहेको बताए । उनले वैदिक, सनातनी र हिन्दूको संरक्षणका लागि पाठशाला संचालन गर्न पनि सुझाव दिए ।
मन्दीर शिलान्यास कार्यक्रममा बोल्दै पूर्वसभासद एवं उद्योगि कृष्णप्रसाद आचार्यले धार्मिक स्थलको संरक्षण र संम्बद्धनमा स्थानीयले अग्रसरता लिएको भन्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले मन्दीर निर्माणमा ५ लाख रुपैया सहयोग गर्ने बचन पनि दिएका छन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कास्कीका सदस्य सिता विकले धार्मिक स्थालको रुपमा विकास गर्ने समितिको योजनमा साथ र सहयोग रहेको भन्दै जनप्रतिनिधिको हैसियतले आवश्यक सहयोग गर्ने बचन दिइन् ।
कार्यक्रममा समितिका उपाध्यक्ष नेत्रलाल भण्डारीको स्वागत सचिव रमादेवी आचार्यले संचालन गरेकी थिइन् । मन्दीर शिलान्यास पहिले सेती नदि पुलदेखी घाटसम्म बाजागाजासहित कलस यात्रा निकालिएको थियो । कलय यात्रामा आमासमूह र स्थानीयहरुको ठुलो संख्यामा उपस्थिति रहेको थियो ।
सेती नदीको कटानबाट बचेको एक सय २० रोपनी जग्गालाई स्थानीयले संरक्षण गरेर राखेका छन् । सार्वजनिक जग्गाको संरक्षण पनि हुने र नदी किनारमा धार्मीक स्थल बनाउन उपयुक्त हुने भएकाले स्थानीयको सक्रियतामा मन्दीर निर्माढण थालिएको अध्यक्ष रायमाझीले बताए ।
उक्त क्षेत्रलाई गुरुयोजना बनाएर व्यवस्थित रुपमा विकास गरिने अध्यक्ष रायमाझीले जानकारी दिए । मन्दीर, आवास भवन निर्माण गर्ने ठुलाएकादशी र शिवरात्रिमा मेला लगाउने समितिको योजना छ ।










