पोखरा विमानस्थलबाट नाउरको सिङसहित विदेशी नागरिक पक्राउ

पोखरा विमानस्थलबाट नाउरको सिङसहित विदेशी नागरिक पक्राउ
२०८१ मङ्सिर १२ गते बुधबार ०९:३२

वन्यजन्तु नाउरको सिङसहित प्रहरीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनी नागरिकलाई पक्राउ गरेको छ। विमानस्थलको आन्तरिक प्रस्थान गेटस्थित एक्स–रे मेसिनमा जाँचका क्रममा २१ वर्षीय युक्रेनी नागरिक फिलिप जिल्को भिस्कीको...

वन्यजन्तु नाउरको सिङसहित प्रहरीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनी नागरिकलाई पक्राउ गरेको छ।

विमानस्थलको आन्तरिक प्रस्थान गेटस्थित एक्स–रे मेसिनमा जाँचका क्रममा २१ वर्षीय युक्रेनी नागरिक फिलिप जिल्को भिस्कीको झोलामा नाउरको सिङ फेला परेको थियो।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उक्त सिङसहित युक्रेनी नागरिकसहित अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना ९एक्याप०को कार्यालयमा बुझाएको छ । एक्यापको नियन्त्रणमा राखेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत मुद्दा अघि बढाइने बताइएको छ

प्रकाशित मिति २०८१ मङ्सिर १२ गते बुधबार ०९:३२
प्रतिक्रिया दिनुहोस्