प्राईम सहकारी ठगी सम्बन्धी कसूरमा तनहुँका शंकर नारायण श्रेष्ठ पक्राउ

प्राईम सहकारी ठगी सम्बन्धी कसूरमा तनहुँका शंकर नारायण श्रेष्ठ पक्राउ
२०८१ मङ्सिर १२ गते बुधबार ०९:४८

पोखरा महानगरपालिका वडा नम्बर ४ गैह्रापाटन स्थित संचालनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना, अपचलन एवं ठगी कसुरका प्रतिवादी थप एक जना पक्राउ गरेको छ । तनहुँ व्यास नगरपालिका वडा नम्बर १० का ५६ बर्षिय...

पोखरा महानगरपालिका वडा नम्बर ४ गैह्रापाटन स्थित संचालनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना, अपचलन एवं ठगी कसुरका प्रतिवादी थप एक जना पक्राउ गरेको छ ।

तनहुँ व्यास नगरपालिका वडा नम्बर १० का ५६ बर्षिय शंकर नारायण श्रेष्ठलाई मंसिर ८ गते कास्की प्रहरीको टोलीले पक्राउ गरी कास्की जिल्ला अदालतमा उपस्थित गराएको छ ।

अदालतबाट मंसिर ११ गते ५० लाख धरौटी माग गरेकोमा रकम तिर्न नसकी कारागार चलान भएको छ।

प्रकाशित मिति २०८१ मङ्सिर १२ गते बुधबार ०९:४८
प्रतिक्रिया दिनुहोस्