सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासत बसाइँ अझै लम्बिएको छ।
जिल्ला अदालत कास्कीले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। आइतबार जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजासलले रविविरुद्धको मुद्दामा म्याद थप गरेको छ।
रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार बनेका पूर्वडिआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जिबी)सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाई र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनालको पनि ४ दिन म्याद थप भएको हो।
प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत १३ दिनको म्याद माग गरेको थियो।
प्रकाशित मिति २०८१ मङ्सिर २३ गते आईतबार ०९:०४