पोखराको नागढुंगामा बस र स्कुटर ठोक्किएर दुर्घटना हुदा स्कुटर चालकको मृत्यु

पोखराको नागढुंगामा बस र स्कुटर ठोक्किएर दुर्घटना हुदा स्कुटर चालकको मृत्यु
२०८१ मङ्सिर २७ गते बिहिबार १०:२१

पोखरामा गएराती बस र स्कुटर ठोक्किंदा एक युवाको मृत्यु भएको छ। मुस्ताङचोकबाट पृथ्वी चोकतिर आउंदै गरेको बा.प्र.०४४ प ८७२३ नम्बरको स्कुटर र पृथ्वीचोकबाट मुस्ताङचोकतर्फ जाँदै गरेको ग.१ ख ३७५४ नम्बरको बस पोखरा महानगरपालिका-८ नागढुङ्गास्थित...

पोखरामा गएराती बस र स्कुटर ठोक्किंदा एक युवाको मृत्यु भएको छ। मुस्ताङचोकबाट पृथ्वी चोकतिर आउंदै गरेको बा.प्र.०४४ प ८७२३ नम्बरको स्कुटर र पृथ्वीचोकबाट मुस्ताङचोकतर्फ जाँदै गरेको ग.१ ख ३७५४ नम्बरको बस पोखरा महानगरपालिका-८ नागढुङ्गास्थित सडकमा बुधबार राती करीब साढे ९ बजेको समयमा एकापसमा ठोक्किंदा स्कुटर चालकको मृत्यु भएको हो।

उक्त दुर्घटनामा परेर सुनसरी जिल्लाको धरान उपमहानगरपालिका-२० घर बिष्णुपादुका घर भई हाल पोखरा ११ फुलबारी बस्ने ३१ वर्षीय प्रदिप राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

दुर्घटनामा घाइते भएका राइल्लाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्राप्त समाचारमा जनाइएको छ।

उक्त दुर्घतानापश्चात बसका चालक स्याङजाको पुतलीबजार नगरपालिका वडा नम्बर १२ घर भएका ३५ वर्षीय भिमबहादुर गुरुङ तथा दुर्घटनाग्रस्त सवारी साधन वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति २०८१ मङ्सिर २७ गते बिहिबार १०:२१
प्रतिक्रिया दिनुहोस्