नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगरपलिका वडा कमिटी ५ को दोश्रो अधिवेशको उद्घाटन गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री नेकपा एमालेका नेता खगराज अधिकारीले गरेका हुन् |
वडा कमिटीको आज शुरू भएको अधिवेशनमा अध्यक्ष पदमा दुई जना आकांक्षी भएको कारण निर्वाचनमा जान लागेको श्रोतले बताएका छन् । अध्यक्ष पदको आकांक्षीमा वर्तमान उपाध्यक्ष हेमराज भण्डारी र वर्तमान सचिव लक्ष्मण बराल रहेका छन् । भण्डारी र बराल बीच अध्यक्ष पदमा सहमति नभएपछि भोली निर्वाचन हुने भएको हो।
आज शुरू भएको अधिवेशनले अन्य पदाधिकारी सहित ४३ जना सदस्य भने सर्वसम्मत चयन भएको र अध्यक्ष पदका लागि भोलि बिहानसम्म सर्वसम्मत नभए बिहान १० बजे पछि निर्वाचन हुने भएको छ ।
प्रकाशित मिति २०८१ मङ्सिर २९ गते शनिवार ०८:४२