डा.शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला

डा.शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला
२०८१ पुस ५ गते शुक्रबार ०५:०६

सुदूरपश्चिमको भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला लगाएर स्वागत गरिएको छ । नेता कोइरालालाई आगामी १५ औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना स्वरुप १५ किलोको माला लगाइएको...

सुदूरपश्चिमको भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला लगाएर स्वागत गरिएको छ ।

नेता कोइरालालाई आगामी १५ औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना स्वरुप १५ किलोको माला लगाइएको हो । नेता कोइरालालाई धनगढी विमानस्थालमा बाजागाजासहित भव्य स्वागत गरिएको थियो ।

कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई धनगढी विमानस्थलमा डडेल्धुराका नेता युवराज पाण्डेसहितका डडेल्धुरा कांग्रेसको तर्फबाट १५ किलोको माला लगाएको हो । १५ औं महाधिवेशनका लागि शुभकामना दिदै नेताकार्यकर्ताले कोइरालाको पक्षमा नारा समेत लगाएका थिए ।

स्वागतका लागि धनगढी विमानस्थालमा भेला भएका पार्टी कार्यकर्ताले ‘भावी सभापति डा.कोइराला जिन्दाबाद’, ‘सुदूरपश्चिमले के भन्छ १५ औं महाधिवेशनमा शेखर कोइराला ले भन्छ’ जस्ता कोइरालाको पक्षमा नारा लगाएका थिए । साथै,
स्वागतका लागि थारु सांस्कृति झल्कने पहिरनसहित नृत्य गरिएको थियो । स्वागत गर्ने क्रममा सुदूरपश्चिमको हुड्केली नाच पनि प्रर्दशन गरिएको थियो ।

नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवाको गृह प्रदेशमा कोइरालालाई गरिएको भव्य स्वागतले पार्टीभित्र नयाँ तरंग पैदा गराएको छ । सुदूरपश्चिम कांग्रेसी नेता तथा कार्यकर्ताहरु पार्टीभित्र नयाँ नेतृत्व आवश्यकता रहेकाले डा.कोइरालाको भ्रमण सान्दर्भिक भएको कांग्रेस बझाङ जिल्ला कार्यसमिति सदस्य महेश बहादुर मल्लले बताए ।

प्रकाशित मिति २०८१ पुस ५ गते शुक्रबार ०५:०६
प्रतिक्रिया दिनुहोस्