भक्तपुरमा बाबु–छोरा कोठामै मृत अबस्थामा फेला, अर्का छोरा बेपत्ता

भक्तपुरमा बाबु–छोरा कोठामै मृत अबस्थामा फेला, अर्का छोरा बेपत्ता
२०८१ पुस ८ गते सोमबार ०१:०८

भक्तपुरको बालकोटस्थित आफ्नै कोठामा बाबु–छोरा मृत फेला परेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्थायी घर भई भक्तपुरको बालकोट बस्दै आएका ५६ वर्षका कुलप्रसाद आचार्य र छोरा २२ वर्षका प्रवीण आचार्य मृत भेटिएको प्रहरीले...

भक्तपुरको बालकोटस्थित आफ्नै कोठामा बाबु–छोरा मृत फेला परेका छन् ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्थायी घर भई भक्तपुरको बालकोट बस्दै आएका ५६ वर्षका कुलप्रसाद आचार्य र छोरा २२ वर्षका प्रवीण आचार्य मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको शरीरका विभिन्न ठाउँमा चोट रहेको छ ।

कोठामा सँगै बसेका कुलप्रसादका जेठा छोरा बेपत्ता छन् । उनको खोजी भइरहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।

प्रकाशित मिति २०८१ पुस ८ गते सोमबार ०१:०८
प्रतिक्रिया दिनुहोस्