पोखरा | फेवा तालमा हुने दोस्रो संस्करणको नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगितामा भाग लिन १२६ सदस्यीय चिनियाँ टोली शुक्रबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको छ।
चीनको छेङ्दुबाट सिचुवान एयरलाइन्सको चार्टर विमानमार्फत आएको टोली पुस १४ र १५ गते हुने उक्त प्रतियोगितामा सहभागी हुने छ। पोखरामा सिचुवान एयरलाइन्सले यो तेस्रो पटक चार्टर उडान गरेको हो।
यस प्रतियोगिताले नेपालको पर्यटन प्रवर्द्धन र नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन योगदान दिने विश्वास गरिएको छ। फेवा तालको रमणीय वातावरणमा हुने यो खेलले दुवै देशका खेलाडी र पर्यटकलाई आकर्षण गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति २०८१ पुस ११ गते बिहिबार ०१:०४