पोखरामा सहकारी पीडित नभइ रास्वपाका कार्यकर्ताले हुलहुज्जत गरे : अजयबाबु शिवाकोटी

पोखरामा सहकारी पीडित नभइ रास्वपाका कार्यकर्ताले हुलहुज्जत गरे : अजयबाबु शिवाकोटी
२०८१ पुस २१ गते आईतबार ०७:१४

पोखरामा सहकारी पीडित नभइ रास्वपाका कार्यकर्ताले हुलहुज्जत गरे ः शिवाकोटी काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सहकारी पीडितलाई महामन्त्री गगन थापाले भेट नदिएको भन्ने हल्ला निराधार भएको बताएका छन्...

पोखरामा सहकारी पीडित नभइ रास्वपाका कार्यकर्ताले हुलहुज्जत गरे ः शिवाकोटी
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सहकारी पीडितलाई महामन्त्री गगन थापाले भेट नदिएको भन्ने हल्ला निराधार भएको बताएका छन् । उनले सहकारी पीडितको नाममा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कार्यकर्ताले घुसपैठ र हुलहुज्जत गरेको समेत बताए ।
दुई दिने राजनीतिक भेटघाटका लागि पोखरा पुगेका महामन्त्री थापाले सहकारी पीडितहरूलाई भेट्न इन्कार गरेको कुरामा सत्यता नभएको भन्दै शिवाकोटीले भने,‘दुई दिनको भेटमा महामन्त्रीले करिब १६ सय मान्छेलाई व्यक्तिगत र संस्थागत रुपमा भेट्नुभएको छ । सहकारी पीडितका नाममा चाहीं रास्वपाका कार्यकर्ताहरुले कालो मास्क लगाएर हुलहुज्जत गरे । म पनि महामन्त्रीसँगै भ्रमणमा छु । सहकारी पीडितले आधिकारीक र संस्थागत रुपमा भेट्ने प्रयास गरेको मलाई थाहा भएन् । भेट्ने सेड्युल नै भएजस्तो लाग्दैन् । तर पीडितहरुका पक्षमा महामन्त्री मात्र होइन सिंगो कांग्रेस गम्भीरताका साथ लागिरहेको छ ।’
सहकारी पीडितका वास्तविक व्यक्तिहरु नभइ रास्वपाका कार्यकर्ताहरुले महामन्त्रीलाई बदनाम गराउन खोजेको शिवाकोटीले बताए ।
कांग्रेस कास्कीको पार्टी कार्यालयमा आइतबारदिनभर राजनीतिक भेटघाट गर्नमा व्यस्त रहेका महामन्त्री थापाले सहकारी पीडित संघर्ष समिति कास्कीका संयोजक एवम् हालका सूर्यदर्शन सहकारी सञ्चालक समितिका अध्यक्ष किरण श्रेष्ठलगायतका सहकारी पीडितलाई भेट्न इन्कार गरेको भन्ने समाचारमा सत्यता नभएको उनको भनाइ छ ।
पोखरा पार्टी कार्यालय अगाडि पीडितहरु नभइ रास्वपाका १०–२० जना कार्यकर्ताहरु जम्मा भएर हुलहुज्जत गर्ने प्रयास गरेको र उनीहरुलाई प्रहरीले चिप्लेढुगा कटाएको उनले बताए ।

प्रकाशित मिति २०८१ पुस २१ गते आईतबार ०७:१४
प्रतिक्रिया दिनुहोस्