भद्रपुर उडेको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं ‘डाइभर्ट’

भद्रपुर उडेको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं ‘डाइभर्ट’
२०८१ पुस २२ गते सोमबार ०३:५७

त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुरका लागि उडेको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं ‘डाइभर्ट’ भएको छ। विमानस्थल स्रोतका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं ‘डाइभर्ट’...

त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुरका लागि उडेको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं ‘डाइभर्ट’ भएको छ।

विमानस्थल स्रोतका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं ‘डाइभर्ट’ गरिएको हो। बिहान १०:३८ मा काठमाडौंबाट उडेको उक्त विमान आधा समय उडान गरिसकेपछि दायाँ इन्जिनमा समस्या देखिएको थियो। त्यसलगत्तै ११:१५ मा त्रिभुवन विमानस्थलमा ‘डाइभर्ट’ गरिएको हो।

फर्काइएका यात्रुलाई अर्को जहाजबाट भद्रपुर पठाइसकिएको छ । अकस्मात् विमानमा समस्या आई काठमाडौंमै अवतरण गराउनुपर्दा त्यहाँ अवतरण हुने अन्य विमानलाई केहीँ समय आकाशमै ‘होल्ड’ गराउनुपरेको थियो।

प्रकाशित मिति २०८१ पुस २२ गते सोमबार ०३:५७
प्रतिक्रिया दिनुहोस्