पोखराको सेतीको ड्याममा खसेका युवा मृत अवस्थामा भेटिए

पोखराको सेतीको ड्याममा खसेका युवा मृत अवस्थामा भेटिए
२०८१ पुस २४ गते बुधबार १०:१९

पोखराको सेतीको ड्याममा खसेका युवा मृत अवस्थामा भेटिएका छन् । कैलाली जिल्ला धनगढी स्थायी घर भई पश्चिममाञ्चल ईन्जिनियरिङ कलेज लामाचौरमा अध्ययनरत पोखरा-१९ लामाचौरमा डेरा गरी बस्ने वर्ष २१ का संगम पौडेल पोखरा-१६ दिपहाउजिङ नजिकै...

पोखराको सेतीको ड्याममा खसेका युवा मृत अवस्थामा भेटिएका छन् ।

कैलाली जिल्ला धनगढी स्थायी घर भई पश्चिममाञ्चल ईन्जिनियरिङ कलेज लामाचौरमा अध्ययनरत पोखरा-१९ लामाचौरमा डेरा गरी बस्ने वर्ष २१ का संगम पौडेल पोखरा-१६ दिपहाउजिङ नजिकै रहेको सेती नदीको ड्यामबाट खसेका थिए ।

सेती नदीको ड्याममा मान्छे खसेको सूचना आएपछि सशस्त्र प्रहरी बल, कालीका गण मालेपाटनबाट ४ जना गोताखोरसहित ९ जनाको विशेष विपद् व्यवस्थापन तालिम प्राप्त उद्दारको लागि खटिएको थियो ।

शसस्त्र प्रहरीको उद्दार टोलीले उनको शव निकाली पोस्टमार्टमका लागि मनिपाल शिक्षण अस्पताल पठाएको श्रोतले जानकारी दिएका छन् ।

प्रकाशित मिति २०८१ पुस २४ गते बुधबार १०:१९
प्रतिक्रिया दिनुहोस्