बालुवा झार्ने क्रममा उच्च भोल्टेजको तारबाट करेन्ट प्रवाह हुँदा टिपरमा क्षति, चालक घाइते

बालुवा झार्ने क्रममा उच्च भोल्टेजको तारबाट करेन्ट प्रवाह हुँदा टिपरमा क्षति, चालक घाइते
२०८१ पुस २५ गते बिहिबार ०७:२५

काठमाडौं । बिजुलीको उच्च करेन्ट प्रवाह हुँदा टिपरमा क्षति हुनका साथै एक जना घाइते भएका छन् । वृन्दावन नगरपालिका वडा नम्बर ४ स्थित एक क्रशर उद्योगमा ११ हजार भोल्टको हाइटेन्शन तारको करेन्ट प्रवाह हँुदा टिपरको अघिल्लो भागमा क्षति...

काठमाडौं । बिजुलीको उच्च करेन्ट प्रवाह हुँदा टिपरमा क्षति हुनका साथै एक जना घाइते भएका छन् ।

वृन्दावन नगरपालिका वडा नम्बर ४ स्थित एक क्रशर उद्योगमा ११ हजार भोल्टको हाइटेन्शन तारको करेन्ट प्रवाह हँुदा टिपरको अघिल्लो भागमा क्षति पुगेको छ । टिपर चालक भने गम्भीर घाइते भएका छन्। विद्युत प्रवाहको कारण टिपरमा आगलागी भइ पूर्ण रूपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जानकारी दिएको छ । रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेका अनुसार घटनामा चालक जयप्रकाश सहनी गम्भीर घाइते भएका छन् ।
उनलाई तत्कालै गरुडास्थित एक निजी अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि उनलाई वीरगञ्ज पठाइएको उनले जानकारी दिए ।

विहीबार बिहान ८ बजे लु १ त २८४९ नम्बरको टिपरबाट बालुवा झार्ने क्रममा उच्च भोल्टेजको तारको चपेटामा परेको हो । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति २०८१ पुस २५ गते बिहिबार ०७:२५
प्रतिक्रिया दिनुहोस्